Logo
04 Dec 2024    १९ मंसिर २०८१, बुधबार

ताजा खबर

राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पताल भर्ना अमेरिकी सहायक विदेशमन्त्री नेपाल आउँदै दक्षिण कोरियाका राष्ट्रपतिले लगाएको ‘मार्शल ल’ संसदद्वारा खारेज चिनियाँ राष्ट्रपतिको घोषणा, नेपाललाई ९ अर्ब अनुदान दुर्गा प्रसाईंलाई थप ४ दिन थुनामा राख्न अनुमति यू-१९ एसिया कपमा अफगानिस्तानमाथि नेपालको जीत

सौन्दर्य प्रतियोगिता आयोजनामा बिक्रान्तको सफलता चुलिदै

admin

जुनसुकै क्षेत्रमा ख्याति प्राप्त गर्नु मानिसको उद्देश्य नै हुन्छ अनि त्यही उद्देश्यमा दिनरात अनवरत रूपमा अगाडि बढ्दा मात्र लक्ष्य अनुरुप सफलता प्राप्त हुने गर्छ । मनमा इच्छा र चाहना भएमा जस्तो सुकै कठिन क्षेत्रमा पनि लगातारको परिश्रम र लगनशिलताले सफलतामा आफ्नो बर्चश्व कायम राख्ने प्राय हातमा गन्दा अटाउने र त्यही मुठिभरको गन्तिमा आउनेको पंक्तिमा पर्न सफल बहुआयमिक क्षेत्रका परिश्रमी युवा हुन बिक्रान्त पौडेल । सन् २०१५ मा मोडलिगं क्षेत्रमा पहिलो पाहिला स्वरूप सहभागिता जनाएको कार्यक्रम नेपाल स्टार मोडलको फस्ट रनर अप तथा मस्ट पपुलरको टाईटलको ताज पहिरिएपछि यस क्षेत्रको प्रवेश सुखद  मान्नुपर्छ ।


मोडल तथा पछिल्लो पटक सफल ईभेन्ट आयोजकको रुपमा चिनिएका पौडेल युवापुस्तालाई उत्प्रेरणामुलक एवम् ग्ल्यामर क्षेत्रमा आउन चाहनेलाई उचित सल्लाह अनि अवसरका मार्गहरू देखाउदै मोडलिङ क्षेत्रलाई थप उर्जाशिल बनाउन प्रयत्नशिल देखिएका छन् । मोडलिङ क्षेत्रमा आफ्नो प्रभुत्व जमाइ विभिन्न प्रतियोगिता सम्पन्न अनि त्यही क्षेत्रको सफल आयोजक बनि थुप्रै सफल मोडलहरुलाई लाई तालिम दिई तिनै युवायुवतीलाई सफलताको शिखरमा पुर्याउन सफल हुदै गईरहेका छन । यसका अलावा विभिन्न र्याम्प सो संचालन गरि सबैको धन्यवादका कुशल पात्र बनेका छन ।

बहुआयमिक क्षेत्रमा उनको समय व्यतित भईरहेको अवस्थामा परिवारमा समय दिन नसकेको पनि परिवार, निकट मित्रता एवं आफ्नो उद्देश्य परिपूर्ति गर्न आफ्नो टिम एवं संस्थाका प्रबन्ध निर्देशक त्रिज्ञा श्रेष्ठको साथ अनि डिजाईनर तथा डेभलपर निमेष गौतम,ईभेन्ट मेनेजर करण लामीछाने र संगम मैनालीको महत्पूर्ण योगदानलाई भुल्न सक्तैनन ।

व्युटी पेजेन्टहरुको भिडमा अलग र फरक सोचका साथ व्यबसायिक रुपमा लाग्ने ध्याउन्नमा आफ्नो पिताजीको नामबाट बिश्व मिडिया संचालन गरि त्यसै संस्थाबाट छोटो समयमा नेपालमा पहिलो पटक एयरहोस्टेस फेमिना नेपाल,रियल मोडल कन्टेस्ट तथा ह्याण्डसम हन्क नेपाल जस्ता सफल व्युटि पेजेन्ट गराउन सफल भएका छन र त्यसको निरन्तरता कायम नै छ ।
यसका अलावा सफल युवा व्यबसायीको रुपमा आफ्नो प्रभुत्व जमाउन तल्लिन पनि देखिएका उनी बहुआयामिक क्षेत्रमा लाग्ने प्रेरणाको श्रोत सफल ईभेन्ट डाईरेक्टर निशु झालाई दिन्छन । आफ्नो लगनशिलता काम प्रतिको झुकाव र परिवार साथी भाईको साथ र सहयोगले प्रेरणा मिलेको ठान्छन । हाल ह्याण्डसम हन्क नेपालको सिजन २ को तयारीमा व्यस्त पौडेल यस प्याजेन्टलाई अन्तरराष्ट्रिय रुपमा परिचित गराउनका लागि अष्टेलियामा समेत फ्रेन्चाईज दिएका छन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको