Logo
14 Nov 2025    २९ कार्तिक २०८२, शुक्रबार

ताजा खबर

नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो चार दिनदेखि विद्युत आपूर्ति बन्द

आफ्नै बिहेको निम्तो बाड्न नेपाल आएका भारतीय युवा मृत फेला

admin

आफ्नो बिहेको निम्तो कार्ड वितरण गर्न घरबाट निस्किएका एक व्यक्ति बाराको गण्डक नहरमा मृत फेला परेका छन् । घाँटी रेटिएको अवस्थामा शव फेला परेकाले हत्या भएको आशंका गरिएको छ ।

बाराको परवानीपुर गाउँपालिका–५ बहुअरीस्थित गण्डक नहरमा भारत रक्सौलका २२ वर्षीय मनिष कुमारको शव फेला परेको हो । शवलाई आफन्तको जिम्मा लगाइसकेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । मनिषको फागुन ११ गते बिहे तय भएको थियो । आफन्त र साथीभाइलाई बिहेको निम्तो कार्ड वितरण गर्न भन्दै उनी बिहीबार घरबाट हिँडेका थिए । उनीसँग तीन जना साथीहरु पनि थिए ।

तर, नेपालको गण्डक नहरमा उनको शव घाँटी रेटिएको अवस्थामा फेला परेको छ । घटनाको अनुसन्धानका लागि प्रहरीले उनका तीनै जना साथीलाई नियन्त्रणमा लिएको छ । हत्याको कारण नखुलेको र पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको बाराका प्रहरी प्रवक्ता भुनेश्वर साहले जानकारी दिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको