Logo
16 Apr 2024    ४ बैशाख २०८१, मंगलवार

ताजा खबर

रक्षामन्त्री उप्रेतीद्वारा द्रुतमार्गको निरीक्षण भ्रमण सिड्नीमा फेरि चक्कु प्रहार बैशाख ६ र ७ गते वालवालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाइदै रवि लामिछाने सहकारी प्रकरण: अनुसन्धानमा २ करोड ऋण लिएको देखियो, अभियोग लागेन दुई जना डीआइजी विशेष पदमा बढुवा सिफारिस आचार्य प्रशान्तले मानसिक स्वास्थ्यका विषयमा विद्यार्थीसँग गरे अन्तरक्रिया

अभद्र गतिविधि गरेको आरोपमा तीन जना पक्राउ

admin

काठमाडौंको गंगबुस्थित नयाँ बसपार्कमा हो–हल्ला तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको छतिवन नगरपालिका–९ घर भई हाल बूढानीलकण्ठ बस्ने वर्ष ३४ को निमा लामा, नुवकोटको ताँदी गाउँपालिका–२ घर भएका वर्ष २८ को प्रकाश तामाङ र धादिङ्ग रोराङ नगरपालिका–२ घर भएका वर्ष ३१ को बिनोद लामा रहेका छन्।

उनीहरुले हो–हल्ला गरी सबै साधारण मानिस, महिला तथा बालबालिकाहरुलाई अश्लिल गाली गलौज, डर त्रास, धाक धम्की दिई अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ। उनीहरु उपर अभद्र व्यवहार गर्न नहुने सम्बन्धी कसुर मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको