भारतद्वारा रुसी खोप ‘स्पुतनिक भी’लाई अनुमति

भारतले कोभिड-१९ विरुद्धको रुसी खोप स्पुतनिक-भी लाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।

कोभिड सङ्क्रमितको संख्या तिब्र गतिमा बढेसँगै भारतले खोप अभियानलाई गति दिन रुसी खोपलाई अनुमति दिएको खोप उत्पादक कम्पनीले जनाएको छ ।

भारतमा रुसी खोप उत्पादन र वितरणको जिम्मेवारी लिएको डा रेड्डीज ल्याबोरेटोरिजका सहअध्यक्ष एवं व्यवस्थापन निर्देशक जी.भी. प्रसादले जारी गरेको विज्ञप्तिमा भारतमा स्पुतनिक-भी खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति प्राप्त गरेकामा निकै खुशी लागेको उल्लेख छ ।

भारतमा हाल सेरम इन्स्टिच्यूटले उत्पादन गरेको अस्ट्राजेनिकाको कोभिसिल्ड र भारत बायोटेकको कोरोनाभ्याकलाई अनुमति दिइएको छ । भारतमा हाल दैनिक कोभिड सङ्क्रमितको संख्या एक लाख बढी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *