Logo
18 Apr 2024    ६ बैशाख २०८१, बिहीबार

ताजा खबर

घुससहित जलाधार व्यवस्थापन अधिकृत पक्राउ मुन्नाभाईको तेस्रो सिरिज बन्ने एन्फाका उपाध्यक्ष दावा लामा लागु औषध कारोबार मुद्दामा पक्राउ रास्वपाका पूर्वनेता खरेल भन्छन्- गृहमन्त्रीलाई छानबिन गर इरानमाथि थप प्रतिबन्ध लगाउने तयारीमा अमेरिका र युरोप रौतहटको गरुडाका मेयर सहित कर्मचारी भारत भ्रमणमा,सेवाग्राही मारमा

पछिल्लो २४ घण्टामा ६ सय ३ जनामा कोरोना पुष्टि

admin

पछिल्लो २४ घण्टामा नेपालमा ६०३ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार २८९ जनाको पीसीआर र ४५१ जनाको एन्टिजेन परीक्षण भएकोमा ६०३ जनालाई संक्रमण पुष्टि भएको हो।

यीमध्ये ५८० जनाको पिसिआर परीक्षणमा संक्रमण पुष्टि भएको हो भने २३ जनाको एन्टिजेन पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ।

योसँगै हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ८१ हजार ५८७ पुगेको छ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १२९ छ। योसँगै हालसम्म २ लाख ७४ हजार ४४७ जना संक्रमणमुक्त भएका छन्। हाल सक्रिय संक्रमितको संख्या ४ हजार ५६ छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको