Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

न्यूजील्याण्डले पाकिस्तानलाई हरायो अनमोल केसी नर्भिक अस्पतालमा भर्ना ५१ देशका आरोहीले लिए अनुमति एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी आजदेखि सोह्र श्राद्ध सुरु प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै

चर्को ब्याज असूल्ने ८ जना मिटर व्याज व्यवसायी सिआईबीको फन्दामा

admin

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ले पूर्वको विभिन्न ठाउँमा नेपाल राष्ट्रिय बैंक तथा सहकारी विभागबाट अनुमति समेत नलिइ चर्को ब्याजदरमा ऋण प्रवाह गर्ने विरुद्ध अप्रेशन चलाएको छ । प्रदेश नं. १ को क्षेत्रीय अनुसन्धान टोलीसँगको सहकार्यमा सीआईबीले चलाएको अप्रेशनको क्रममा ८ जना व्यवसायी पक्राउ परेका छन् । वित्तिय कानुन विपरित कार्य गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सुनसरीको इटहरीस्थित ओपन इन्भेष्टमेन्ट प्रा.लि. का ४० वर्षीय भीमप्रसाद चौधरी, ५० वर्षीय श्याम पेशकार थारु, हलेसी इन्भेष्टमेन्ट प्रा।लि।, धरानका ३१ वर्षीय चन्द्रबहादुर विक, २९ वर्षीय अनिता विक, चौतारी इन्भेष्टमेन्ट , बिराटनगरका २७ वर्षीय राजु शाह, मन्सुन इन्भेष्टमेन्ट , इटहरीका ३४ वर्षीय सुनिल गुरागाईं, छिन्ताङ इन्भेष्टमेन्ट , इटहरीका २८ वर्षीय डिल्लीप्रसाद आचार्य र ३५ वर्षीय प्रकाश आचार्य छन् ।

प्रहरीका अनुसार ओपन इन्भेष्टमेन्टबाट दुई करोड ३९ लाख, हलेसीबाट ६ करोड ९९ सय लाख, चौतारीबाट ८ लाख ६१ हजार र मन्सुन इन्भेष्टमेन्टबाट ५० लाख रुपैयाँ अवैध रुपमा रकम सङ्कलन भएको छ । छिन्ताङ इन्भेष्टमेन्टले भने केही समय अघिबाट मात्रै कारोबार गर्न सुरु गरेको सीआईबीले जनाएको छ ।

सीआईबीका अनुसार बैंक तथा सहकारीको ब्याजभन्दा बढी ब्याज दिने प्रलोभन देखाएर उनीहरुले बचत सङ्कलन गरेका थिए । उक्त बचतलाई २४ प्रतिशतभन्दा बढी ब्याज असुलेर उनीहरुले ऋण प्रवाह गर्दै आएका थिए ।

प्रहरीको अप्रेशनमा परेका कतिपय कम्पनीहरुले कार्यालय समेत झोलाबाटै सञ्चालन गर्ने गरेको खुलेको छ ।

‘स्थानीय रुपमा कार्यालय एक ठाउँमा नराखी आफ्नो सुविधाका लागि झोलाबाट नै कार्यालय सञ्चालन गर्ने गरेको पनि पाइएको छ’, सीआईबीका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले भने ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको