माग घटेपछि सिमेन्ट सस्तियो

नेपालमा सबै वस्तुको मूल्यवृद्धि भइरहेको समयमा सिमेन्टको मूल्य भने सस्तिएको छ । चर्को प्रतिष्पर्धा र कमजोर मागका कारण अहिले उत्पादन लागतभन्दा कममा सिमेन्ट बिक्री गरिरहेको उद्योगीले बताएका छन् ।

अहिले औसतमा पीपीसी सिमेन्ट ६५० रूपैयाँ र ओपीसी ५५० रुपैयाँ कम्पनी मूल्य रहेको छ । यो अहिलेसम्मकै सबैभन्दा सस्तो कम्पनी मूल्य भएको दावी उत्पादकहरूले गरेका छन् ।

नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले न्यूनतम मूल्यमा उद्योगले सिमेन्ट बिक्री गरिरहेको बताए । नेपालमा विकास निर्माणको काम शुरू हुने समयमा सिमेन्टको मूल्य घटेको उनको भनाइ छ ।

थापाले भने, ‘उद्योगले उत्पादन मूल्यभन्दा पनि कममा सिमेन्ट बिक्री गरिरहेका छन् । बजारमा प्रतिस्पर्धा धेरै भएकाले नेपालमा सञ्चालित सिमेन्ट उद्योगमध्ये आधा जतिले आफ्नो उत्पादन मूल्यभन्दा पनि कममा सिमेन्ट बिक्री गरिरहेका छन् ।’

लकडाउनको समयमा धेरै घाटा भएको र अझै  त्यो घाटा बढ्ने अवस्था आएकोले कम मूल्यमा बिक्री गरिएको उनले बताए ।

थापाका अनुसार बजारमा करिब ३० अर्ब रूपैयाँ बाँकीमध्ये उद्योगहरूले आउँदो असारसम्म १२ अर्ब जतिमात्र उधारो उठ्ने आंकलन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *