Logo
16 Dec 2025    १ पुष २०८२, मंगलवार

ताजा खबर

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन

राष्ट्रपतिबाट फाल्गुन २१ गते पहिलो संघीय संसद बैठकको आव्हान

admin

संघीय संसद्को पहिलो बैठक २१ फागुनका लागि बोलाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संविधानको धारा ९३ (१) को प्रावधानबमोजिम २१ फागुन दिउँसो ४ बजे बस्ने गरी अधिवेशन आह्वान गरेकी हुन् । बैठक नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्नेछ ।

प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचनको नतिजा आएपछि संघीय संसद् बैठक आह्वान भएको राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुँडालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संविधानमा सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ ।

प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको तीन महिनापछि संघीय संसद्को अधिवेशन आह्वान भएको हो ।
१० र २१ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट प्रत्यक्ष १६५ र समानुपातिक ११० गरी २७५ सांसद निर्वाचित भएका छन् ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको