Logo
18 Nov 2025    ३ मंसिर २०८२, मंगलवार

ताजा खबर

एनपीएल : काठमाडौं गोर्खाज ५ विकेटले विजयी निर्वाचन सम्बन्धी अध्यादेश ल्याउँदै छौँ : प्रधानमन्त्री कार्की बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा मृत्युदण्ड सजाय सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सडक डिभिजन कार्यालय काठमाडौंद्धारा वर्षौंदेखि अलपत्र सडकका २५ रुग्ण ठेक्का तोडियो लिटिल आइडलको उपाधि रेबिका र निर्भाणलाई

छायांछवी पाँचौ काव्य शृङ्खला सम्पन्न, गुञ्जिए विपिन र रञ्जना

admin

छायाँछवि क्रियसनको छायांछवी पाँचौ काव्य शृङ्खलामा विपिन सलामी र रञ्जना निरौला गुञ्जिए । शृङ्खलामा विपिन सलामीले गजल एवम् रञ्जना निरौलाले कविता वाचन गरेका थिए ।

कार्यक्रमको प्रारम्भ गर्दै छायाँछवि काव्य शृङ्खलाकी संयोजक रश्मि रोदनले आफ्नो मुक्तकबाट प्रजातन्त्र दिवसको उपलब्धी टीप्पणी गरेकी थिइन् । मुक्तककार एवम् गजलकार रश्मि रोदनले छायाँछवि काव्य शृङ्खला साहित्य, चलचित्र र सङ्गीतको त्रिवेणी भएपनि यसलाई हामीले एकाकार गर्न खोजेको बताएकी थिइन् । रोदनले यस्तो खाले साहित्यिक कार्यक्रमले थोरै–धेरै जे भएपनि साहित्यिक योगदान गर्ने विश्वास व्यक्त गरेकी थिइन् ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै आयोजक संस्था छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले छायाँछवि काव्य शृङ्खलाको योगदानका बारेमा प्रष्टाए । श्रष्टालाई मञ्च प्रदान गरेर नयाँ–पुराना श्रष्टालाई एकैठाउँ राखीनु र चलचित्र, सङ्गीत एवम् साहित्यको एउटै आयाम बनाउन छायाँछवि लागि परेको वताए । कार्यक्रमका स्रष्टा विपिन सलामीले जोशीला खालका करिव एक दर्जन गजलहरु सुनाए । सामाजीक, यथार्थपरक, श्रृंगारिक सबै प्रकारका गजल सलामीले सुनाएका थिए । उनले गजल सुनाउदा माहौल निकै जमेको थियो ।  कार्यक्रमकी अर्की स्रष्टा रञ्जना निरौलाले पनि जोशीला कविता सुनाइन् ।कार्यक्रम प्रति विपिन सलामी र रञ्जना निरौलाले आभार प्रकट गरे ।

बागबजारको सिटीम्याक्स हलमा भएको कार्यक्रममा विशिष्ट अतिथीको रुपमा कलाकार एवम् निर्देशक दीपाश्री निरौला एवम् गजलकार, गीतकार तथा एनीमेटर, सम्पादक करुण थापा थिए । कार्यक्रममा बोल्दै दीपाश्री निरौलाले मुक्तक समेत सुनाएकी थिइन् । उनले यसखाले साहित्यिक कार्यक्रममा आउन पाएकोमा औधी खुशी लागेको बताइन् । कार्यक्रममा अर्का विशिष्ट अतिथी करुण थापाले साहित्यिक यस्ताखाले असियानले आफ्नो ठाउँमा योगदान हुने बताए ।

छायाँछवि काव्य शृङ्खलाको छैठौं सिलसीला चैत्रको १७ गते गरिने कार्यक्रम संयोजक रश्मि रोदनले जानकारी गराइन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको