Logo
25 May 2022    ११ जेष्ठ २०७९, बुधबार

ताजा खबर

सरिला,सुशान्त,ईछिङ्ना र जस्मिन यो वर्षको ‘नेपाल चिल्ड्रेन आईकन’ घोषित २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध काठमाडौं महानगरको मेयरमा बालेनको जित सुनिश्चित राष्ट्रिय टिमको कप्तानमा नवयुग श्रेष्ठ नियुक्त थप तीन देशमा मङ्कीपक्स भाइरस अमेरिकाको एक विद्यालयमा गोली चल्दा १८ जनाको मृत्यु

राष्ट्रपतिद्वारा सर्वोच्च अदालतमा दुई न्यायाधीश नियुक्त

admin ६ बैशाख २०७८, सोमबार १३:०२ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतमा दुईजना न्यायाधीश नियुक्त गरेकी छन् ।

न्याय परिषद्ले सिफारिस गरेका मुख्य न्यायाधीशहरू झापाका कुमार चुँडाल र म्याग्दीका नहकुल सुवेदीलाई सर्वोच्चको न्यायाधीश पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

न्यायपरिषद्को फागुन २८ को बैठकले दुवैजनालाई सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरेको थियो ।

यसअघि वैशाख ३ मा संसदीय सुनुवाइबाट दुवैको नाम सर्वसम्मतरूपमा अनुमोदन भएको थियो ।

नहकुल सुवेदीको योग्यतामाथि प्रश्न उठाउँदै दर्ता भएको रिट भने सर्वोच्चले चैत ३० मा खारेज गरेको थियो ।

सर्वोच्चले राजपत्रांकित प्रथम श्रेणीको पददेखि सो भन्दा माथिल्लो पदमा अटुट रुपमा सुवेदीले १३ बर्ष ६ महिना २१ दिन कार्य गरेकाले योग्यतामा कुनै प्रश्न नै नरहेको समेत प्रष्ट्याएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको