Logo
14 Jan 2025    १ माघ २०८१, मंगलवार

ताजा खबर

लिटिल च्याम्पियन्स नेपालको प्रथम संस्करण भव्य रुपमा सम्पन्न लिटिल प्राइड अफ नेपालको छैठौं संस्करण सम्पन्न २० औं ग्राण्ड ग्रामर सांस्कृतिक कार्यक्रम सम्पन्न आजदेखि श्री स्वस्थानी ब्रत आरम्भ चिसो बढेपछि सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द रवि लामिछाने अदालतमा उपस्थित हुँदै, थुनछेक बहस आज

डा.गोविन्द केसीले सर्वोच्चको तारेख लिन मानेनन

admin

डा. गोविन्द केसीले अदालतको अवहेलना मुद्दामा तारेख लिन अस्वीकार गरेका छन् । अवहेलना मुद्दाको तारेख मंगलबार तोकिएको थियो । तर, यो मुद्दामा प्रधानन्यायाधीश गोपाल पराजुलीको प्रत्यक्ष स्वार्थ गाँसिएको र उनको निर्देशनमा १० दिनभित्र सुनुवाई गर्नै पर्ने गरी पेशी तारेख थोपर्न खोजेको डा। केसीले बताए ।

मंगलबार साँझ विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘निज प्रधानन्यायाधीश पदमा बहाल रहँदासम्म उक्त मुद्दामा निश्पक्ष न्याय सम्पादन हुन नसक्ने भएको हुँदा निजको निर्देशन बमोजिम थोपर्न खोजिएको पेशी तारेख हामीलाई स्वीकार्य छैन ।’ डा. केसीले आफूविरुद्ध नेशनल मेडिकल कलेजका सञ्चालकले हालेको अदालतको अवहेलना मुद्दामा भने आफैं उपस्थित भएर लिखित जवाफ पेश गरेका छन् ।
साथै पराजुलीको नागरिकता रद्द गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन्


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको