बञ्चरो देखाएर बालाजुमा एक व्यक्तिलाई लुटपाट गर्न खोजेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गोरखा नाम्जुङ्ग-३ घर भई हाल काठमाडौं-१६ बस्ने १८ वर्षीय सुमन परियार,
ओखलढुंगा पतलेछेर्मादिङ गाउँपालिका-६ घर भएका १८ वर्षीय को छिरिङ मोक्तान र
मकवानपुर पालुङ- ८ घर भएका २१ वर्षीय सुरज तामाङ छन्। तिनै जनालाई बालाजु गंगाहल क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरूले काठमाडौं-१६ बालाजुमा बसिरहेका १९ वर्षीय रमेश चनारालाई घाइते बनाएर लुटपाट गर्न खोजेको आरोपमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
लोकप्रिय समाचार