Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

न्यूजील्याण्डले पाकिस्तानलाई हरायो अनमोल केसी नर्भिक अस्पतालमा भर्ना ५१ देशका आरोहीले लिए अनुमति एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी आजदेखि सोह्र श्राद्ध सुरु प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै

सडक दुर्घटनामा दुई जनाको मृत्यु

admin

काठमाडौं र ललितपुरमा भएका सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । ललितपुरको बालकुमारीमा भएको दुर्घटनामा चितवन कठार घर भई हाल काठमाडौंको काँडाघारी बस्ने ३२ वर्षीय सुस्मा लामाको मृत्यु भएको हो । पैदल हिँडिरहेकी उनलाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिएर भागेको र ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी काठमाडौंको नेपालटारमा बससँग ठोक्किएर मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । मृत्यु हुनेमा नुवाकोटका २६ वर्षीय चन्द्रप्रकाश मोक्तान रहेका छन् । गुडिरहेको बसको पछाडि ठोक्किएर मोक्तानको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा खोटाङका मिलन परियार घाइते भएका छन् । उनको उपचार ट्रमा सेन्टरमा भइरहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको