Logo
11 Dec 2025    २६ मंसिर २०८२, बिहीबार

ताजा खबर

अब विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहँदैनन्, राजनीतिकरण अन्त्य: प्रधानमन्त्री सरकार र भन्सार एजेन्ट बीच सहमति, भन्सार अवरोध खुल्यो काठमाडौं-४ सहित गगन थापाको नाम चार ठाउँबाट सिफारिस एमालेमा आन्तरिक प्रतिस्पर्धा चर्कियो : ओली र पोखरेल प्यानल भिडन्त एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

सडक दुर्घटनामा दुई जनाको मृत्यु

admin

काठमाडौं र ललितपुरमा भएका सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । ललितपुरको बालकुमारीमा भएको दुर्घटनामा चितवन कठार घर भई हाल काठमाडौंको काँडाघारी बस्ने ३२ वर्षीय सुस्मा लामाको मृत्यु भएको हो । पैदल हिँडिरहेकी उनलाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिएर भागेको र ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी काठमाडौंको नेपालटारमा बससँग ठोक्किएर मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । मृत्यु हुनेमा नुवाकोटका २६ वर्षीय चन्द्रप्रकाश मोक्तान रहेका छन् । गुडिरहेको बसको पछाडि ठोक्किएर मोक्तानको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा खोटाङका मिलन परियार घाइते भएका छन् । उनको उपचार ट्रमा सेन्टरमा भइरहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको