त्रिविले जारी गर्‍यो ८ बुँदे सूचना

त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसको बढ्दो महामारीका कारण देशका मुख्य सहरहरुमा अनलाइन कक्षा सञ्चालन गर्न सूचना गरेको छ।

त्रिभुवन विश्वविद्यालयले मंगलबार जारी गरेको ८ बुँदे सूचनामा सैद्धान्तिक कक्षा अनलाइनबाट सञ्चालन गरे पनि प्रयोगात्मक कक्षा भौतिक उपस्थितिमा नै सञ्चालन गर्नसमेत सूचना जारी गरेको छ। त्यस्तै परीक्षा भने आवश्यक स्वास्थ्य सावधानी अपनाई गर्न पनि त्रिविले सूचना जारी गरेको छ। त्यस्तै २५ जना भन्दा बढी हुने गरी कुनै सभा सम्मेलन गोष्ठी नगर्न पनि त्रिविले भनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *