Logo
15 May 2025    २ जेष्ठ २०८२, बिहीबार

ताजा खबर

पाथीभरामा केबलकार निर्माणको बाटो खुल्यो क्यानको सम्झौतामा समावेश नहुने सन्दीपको घोषणा रवीन्द्र मिश्रलाई उपस्थित गराउन सर्वोच्चको आदेश हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा

प्रहरी ईन्काउन्टरमा गुण्डा नाईके मनोज पुन मारिए

admin

हत्या र चन्दा आतंक मच्चाउँदै आएका गुन्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन् । बुधबार बिहान रुपन्देहीको देवदह नगरपालिका भवानीपुरमा उनी प्रहरीको गोलीबाट मारिएका हुन् । पक्राउ गर्न गएको प्रहरीमाथि आक्रमण गरेर भाग्न खोजेपछि प्रहरीको गोली लागेर उनी मारिएको प्रहरीले जनाएको छ ।

रुपन्देहीका एसपी श्याम ज्ञवालीका अनुसार रुपन्देहीको देवहद नगरपालिका ४ भवानीपुरमा प्रहरीसँग आमनेसामने भएपछि उनले गोली प्रहार गरेका थिए । पुनसँगै उनका सुटर सोमबहादुर आलेको पनि मृत्यु भएको छ । दुवैको शव रुपन्देहीको अञ्चल अस्पतालमा राखिएको छ ।

सीआईबीको टोलीले मनोज पुनको समूह नेपालमै लुकिछिपी बसेको सूचना दिएपछि रूपन्देही प्रहरीले सम्भावित स्थानहरुमा खोजी गर्दै जाँदा प्रहरीसँग आमनेसामने भएको र प्रहरीलाई आक्रमण गरेको प्रहरीले जानकारी दिएको छ ।

अपराधका लागि मिटिङ गरिरहेको स्थानमा फेला परेको प्रहरीको दाबी छ । एसपी ज्ञवालीका अनुसार मनोज पुन कुनै गम्भीर घटनाको लागि नेपाल आएका थिए । सोही सूचना नेपाल प्रहरीले पाएको थियो । उनीहरुको साथबाट प्रहरीले पेस्तोल हतियार समेत बरामद गरेको छ ।

घटनास्थलमा घाइते भएका उनलाई उपचारका लागि लुम्बिनी अञ्चल अस्पतालमा ल्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको थियो । पुन विगत ३ वर्षदेखि प्रहरीको मोष्ट वान्टेड सूचीमा थिए ।

गत वर्ष देवदहमा भएको युवा संघका नेता दुर्गा तिवारीको हत्याको मुख्य आरोपी पुनको असोजमा काठमाडौंमा भएको शरदकुमार गौचनको हत्यामा पनि संलग्नता रहेको प्रहरीले जनाएको छ । गत पुस २२ गते उनले देवदहमा वसन्त पौडेल ‘बलु’ को हत्या गराएका थिए । व्यापारीहरुको हत्या गर्ने र फिरौती असुल्ने धन्दा उनले चलाउँदै आएका थिए ।

३० वर्षीय मनोज पुन रुपन्देही जिल्लाको देवदह नगरपालिका–६ निवासी हुन् । उनको वास्तविक नाम मनोज बुढामगर हो । उनी कुनै बेला एमालेको ‘युथ फोर्स’ गठन भएको केही समयपछि युथ फोर्स रुपन्देही क्षेत्र नम्बर १ का कोषाध्यक्ष थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको