Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

केहि दिनका लागि स्थगित भयो मिस नेवा ११३७

admin

नेप्लीज फेसन होमले प्रत्येक वर्ष आयोजना गदैै आईरहेको मिस नेवा ११३७ केहि दिनका लागि स्थगित भएको छ । नेप्लीज फेसन होमले लामो समय देखि नेवार समुदायका किशोरीहरुको कला संस्कृति तथा भाषा लगायतको समग्र व्यक्तित्व विकास गर्ने प्रतियोगिता मिस नेवा आयोजना गर्दै आएको छ । यस वर्षको मिस नेवा ११३७ केही समयको लागि नेप्लीज फेशन होमले स्थगित गरेको हो । अध्यक्ष हेमा मानन्धरले मँगलबार प्रेस विज्ञप्ति जारी गर्दै केही समयको लागि यो प्रतियोगिता स्थगित गरिएको जानकारी गराएकी छिन् ।

उक्त प्रतियोगिताको लागि करिब दुई महिनाअघि नै प्रतिस्पर्धिहरुबाट आवेदन तथा फाराम भराउने कार्य प्रारम्भ गरिसकेका थियो । चालिस जना नेवार समुदायका युवतीहरु आफ्नो आवेदन फारम भरेर प्रतियोगितामा सहभागिता जनाएका थिए ।

आयोजक संस्था नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धर आफ्नी छोरी जेनिशा मानन्धरको अचानक बिग्रिएको स्वास्थ अवस्थाका कारण अष्ट्रेलिया जानु परेको र आफ्नो अनुपस्थितीमै अष्ट्रेलियाको एउटा अस्पतालमा छोरी जेनिशाको टाउकोको शल्यक्रिया भैसकेको अवस्थामा आफु काठमाडौंमा रहिरहन उचित नभएकाले अष्ट्रेलिया आउनु परेको हेमाले बिज्ञप्ति मार्फत जनाएकी छिन् ।

प्रेश विज्ञप्ति
एनटिसी मिस नेवास् १११३७ स्थगित
नेप्लीज फेसन होमले हरेक वर्ष नेवार समुदायका युवती तथा किशोरीहरुको नेवार भाषा, कला, संस्कृति तथा समग्र व्यक्तित्व विकास गर्ने प्रतियोगिता मिस नेवास् आयोजना गर्दै आएको कुरा यहाँहरुलाई विदितै छ । यो वर्ष पनि हामीले एनटिसीको मुख्य प्रायोजनमा ‘एनटिसी मिस नेवास् ११३७ सिजन–१३’ आयोजना गरिरहेका छौं । यूएफओद्वारा पावर्ड गरिएको यो प्रतियोगिताका लागि हामीले झन्डै दुई महिनाअघि नै प्रतिस्पर्धिहरुबाट आवेदन तथा फाराम भराउने कार्य प्रारम्भ गरिसकेका थियौं । झन्डै चालिस जना नेवार समुदायका चेलीहरुले आफ्नो आवेदन फाराम समेत भरिसकेका छन् ।
यसबीच आयोजक संस्था नेप्लीज फेसन होमकी अध्यक्ष म हेमा मानन्धर आफ्नी छोरी जेनिशा मानन्धरको अचानक बिग्रिएको स्वास्थ अवस्थाका कारण अष्ट्रेलिया आउनु पर्यो । मेरो अनुपस्थितीमै अष्ट्रेलियाको एउटा अस्पतालमा छोरी जेनिशाको टाउकोको शल्यक्रिया भैसकेको अवस्थामा म काठमाडौंमा रहिरहन उचित थिएन । त्यसकारण शल्यक्रिया भएको पहिलो १२ घण्टाभित्र म अष्ट्ेरलिया आएँ । अष्ट्रेलिया आएको करिव एक महिना बितिसक्दा छोरी जेनिशाको दोस्रो पटक टाउकोको शल्यक्रिया गर्नु पर्ने बाध्यता आइपर्यो । अहिले पनि म छोरी जेनिशासंगै अस्पतालमा उनको उपचारमै व्यस्त छु ।
केही दिनका लागि भनेर अष्ट्रेलिया आएकी म अझै कति दिन यतै बस्नु पर्ने हो, निश्चित भएको छैन । यस्तो अफ्ट्यारो परिस्थितिमा म मेरो मिस नेवास् ११३७ प्रतियोगिताका सम्पूर्ण सहयोगी हातहरुलाई अझै केही दिन धैर्य गरिदिनु हुन अनुरोध गर्दछु । खासगरी मुख्य प्रायोजक एनटिसी, यूएफओ, क्राउन पार्टनर शालिमार ज्वेलर्स, जुजु वेयर, फेसियल हाउस, तस्बिर स्टुडियो, प्रोजेक्टायल क्रिएसन्स आदिलाई हामीलाई अझ केही समय उपलब्ध गराइदिनु हुन हार्दिक अनुरोध गर्दछु ।
यससंगै हाम्रो प्रतियोगिता अझै केही साताका लागि स्थगित भएको तथा चाँडै नै हामी नयाँ मिति घोषणा गर्ने जानकारी समेत गराउँद छौं ।
हेमा मानन्धर,
अध्यक्ष
नेप्लीज फेसन होम


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको