Logo
16 Feb 2025    ४ फाल्गुन २०८१, आईतवार

ताजा खबर

Site Oficial De Apostas Em Football, Esportivas Online E Cassino No Brasil 2025 १२ दिनमा १३ लाख किशोरीलाई लगाइयो एचपीभी खोप तोलामा एकैपटक २७ सयले घट्यो सुनको मूल्य गीतकार युवराज अधिकारीको ‘तिम्रो प्रीत’ सार्वजनिक (भिडियो) काठमाडौं महानगरले अब मोबाइल भ्यानमार्फत फिल्डमै खाद्यवस्तुको गुणस्तर परीक्षण गर्ने पोखरा भ्रमण वर्षको उद्घाटनमा घाइते भएका अर्थमन्त्री पौडेललाई राष्ट्रपतिले भेट्ने

राष्ट्रपतिमा विद्या देवी र उपराष्ट्रपतिमा नन्द बहादुर पुननै दोहोरिने

admin

नेकपा एमाले र माओवादी केन्द्रले राष्ट्रपतिमा विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनलाई दोहोर्याउने सहमति गरेका छन् । राष्ट्रपति, प्रधानमन्त्री एमालेबाट र उपराष्ट्रपति र सभामुख माओवादी केन्दबाट बन्ने यसअघि नै सहमति भइसकेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा भण्डारीकै नाम प्रस्ताव गरेपछि माओवादीले पनि पुनलाई नै दोहोर्याउने बताएको छ ।

संघीय संसद्को मत परिणाम बुझाएसँगै निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी थालेको छ  । संघीय संसद् गठन भएको एक महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव गराउनुपर्ने संवैधानिक व्यवस्था छ । दुवै निर्वाचन गराउने जिम्मेवारी कानुनले आयोगलाई दिएको छ । फागुन २५ गते राष्ट्रपति र चैत ५ गते उपराष्ट्रपतिको चुनाव गराउने आयोगले प्रस्ताव गरेको छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन संघीय संसद् तथा प्रदेशसभा सदस्य मतदाता रहेको निर्वाचन मण्डलबाट हुनेछ । कानुनले संघीय संसद्का सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ तोकेको छ ।

राष्ट्रपति वा उपराष्ट्रपतिमा निर्वाचित हुन कुल मतदाताको बहुमत ल्याउनुपर्छ  । माओवादी केन्द्रका नेता बर्षमान पुन अनन्तले राष्ट्रपतिमा भण्डारी र उपराष्ट्रपतिमा पुनलाई निरन्तरता दिने विषयमा सहमति भइसकेको बताए । ‘राष्ट्रपतिमा विद्या भण्डारी र उपराष्ट्रपतिा पुनलाई नै निरन्तरता दिने विषयमा कसैको विमति छैन’ नेपालपाटीसँग उनले भने, ‘प्रक्रियाअनुसार चुनाव त होला तर निर्विरोध हुनेछन् । ’

भण्डारीको दुईवर्षे कार्यकाल विवाद रहित ढंगले बितेको छ । एमाले सचिव प्रदीप ज्ञवालीले पनि राष्ट्रपति र उपराष्ट्रपतिले निरन्तरता पाउनेगरि छलफल भएको जानकारी दिए । उनले भने, ‘राष्ट्रपति र उपराष्ट्रपति दोहोरिने सम्भावना देखिन्छ । ’

निर्वाचन आयोगका अनुसार राष्ट्रपति चयनका लागि राष्ट्रियसभा र प्रतिनिधिसभाका ३३४ जना सदस्य र प्रदेशसभाका ५५० सदस्य गरी कूल ८८४ जना मतदाता रहने निर्वाचक मण्डल गठन हुनेछ । तत्काल कायम रहेको कूल मतको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपति निर्वाचित हुने व्यवस्था छ । संविधान बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनगर्दा फरक फरक लिङग वा समुदायको प्रतिनिधित्वहुने गरी गरिनुपर्ने संवैधानिक व्यवस्थाका कारण ती निर्वाचन फरक फरक मितिका लागि सिफारिस गरिएको आयोगको भनाइ छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको