Logo
13 Dec 2025    २८ मंसिर २०८२, शनिबार

ताजा खबर

AIMA–TR प्रक्रियामा देखिएका समस्याबारे NRNA पोर्चुगलको औपचारिक पहल मन्त्रिपरिषद् विस्तार, नवनियुक्त ४ मन्त्रीले लिए शपथ हायात रिजेन्सीले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम आधारभूत पारिश्रमिक दिने कलाकार दम्पती धुर्मुस–सुन्तलीले अमेरिका पलायनबारे प्रस्ट्याए, छोरीको उपचारका लागि पुगेको स्पष्टिकरण जीप चिप्लेर भिरबाट खस्यो, ३ जनाको मृत्यु सेनामा ३ सय ८८ जनालाई रोजगारी खुल्यो

नाइजेरियाको स्टिल कारखानामा काम गर्ने एक नेपालीको मृत्यु

admin

नाइजेरियाको इकोरोडु सहरस्थित रियल स्ट्रक्चर नाइजेरिया लिमिटेड, स्टिल कारखानामा काम गर्ने एक जना नेपालीको मृत्यु भएको छ । नवलपरासी फटकी टोला, गुठी पर्सौनी ९ का उनेशराम चमारको कारखानामा काम गर्दागर्दै दुर्घटनामा परी मृत्यु भएको हो । दुर्घटना फेब्रुअरी १५ मा भएको हो ।

उनको शवलाई नेपाल पठाउन आवश्यक प्रक्रिया सुरु भइसकेको र यस सम्बन्धमा कम्पनी र नेपाल दूतावस इजिप्टसँग सम्पर्क भइरहेको जानकारी एनआरएनएका अन्तर्राष्ट्रिय समितिका कोषाध्यक्ष हिक्मत थापाले बताए । स्टिल प्लान्टको मेल्टिङ पट भन्ने उपकरणमा मेल्टरको प्राबिधिक रहेका चमारको तातो केमिकल पोखिएर दुर्घटनामा परेका र अस्पतालमा उपचार गर्दा गर्दै मृत्यु भएको जानकारी कम्पनीले दिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको