Logo
13 Feb 2026    १ फाल्गुन २०८२, शुक्रबार

ताजा खबर

मतपत्र छपाइ आइतबारसम्म सकिने सुन तोलामा ३ हजार घट्यो, चाँदी पनि ओरालो प्रधानमन्त्री सुशीला कार्की ताप्लेजुङमा मनास्लु वर्ल्ड कलेजको राष्ट्रिय स्तरको झल्को दिने भव्य कार्यक्रम: पाँच विशिष्ट व्यक्तित्वलाई सम्मान पूर्वराजा आज काठमाडौं फर्कदैं, विमानस्थल आसपास क्षेत्रमा निषेधाज्ञा बीएनपीको ऐतिहासिक पुनरागमन: तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित, बंगलादेशको राजनीतिमा नयाँ मोड

जन्ममिति फरक वारे डा.गोविन्द केसीको वक्तव्य , फरक परेकै हो

admin

प्रा.डा. गोविन्द केसीले मानवीय त्रुटिका कारण आफ्नो जन्ममिति फरक परेको स्वीकार गरेका छन् । त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा बुधबार पत्रकार सम्मेलनमा डा.केसीले नागरिकता र एसएलसी चारित्रिक प्रमाण पत्र सार्वजनिक गर्दै आफ्नो जन्ममितिबारे जानकारी गराएका हुन् ।

k|f=8f= uf]ljGb s];L lqe’jg lzIf0f c:ktfn dxf/fhuGhdf a’waf/ kqsf/ ;Dd]ngdf cfˆgf] k|j]lzsf-P;P;nL_sf] rfl/lqs k|df0f kq ;fj{hlgs ub}{ . tl:a/ c+ub 9sfn . sflGtk’/

प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि छानबिनको माग गर्दै आएका डा.केसीमाथि नै विभिन्न तहको बढुवाको क्रममा बुझाएको प्रमाण पत्रबारे प्रश्न उब्जिएको छ। केसीले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको नागरिकताअनुसार उनको जन्म २०१३ असोज २७ छ भने एसएलसीको चारित्रिक प्रमाण पत्रमा २०१३ माघ २४ गते उल्लेख छ। ‘बढुवाका लागि पेस गरिएका कागजात फरक जन्ममिति हुनु मानवीय त्रुटी भएको म स्वीकार्छु,’ डा.केसीले पत्रकार सम्मेलनमा भने, ‘सम्बन्धित कार्यालयमा बुझाएका कागजात रुजु गर्ने अभ्यास हुन्छ।’ त्रुटीबारे पहिले नै थाहा भएको भए सम्बन्धित निकायमा गएर आफूले त्रुटी सच्चिसक्ने उनको भनाइ थियो। नागरिकता र अन्य प्रमाणपत्र नबुझाएको भन्ने आरोप सत्य नभएको दाबी गर्दै उनले आफ्ना कागजात त्रिविका पदाधिकारीले गायब गरेर अनावश्यक विवाद सिर्जना गरेको आरोप लगाए। उनले प्रधानन्यायाधीश पराजुलीलाई अबको संसद्ले महाअभियोग लगाएर हटाउनुपर्ने माग गरे। प्रधानन्याधीश पराजुली भ्रष्ट भन्दै उनलाई पदबाट नहटाए फेरि आन्दोलन गर्ने केसीले चेतावनी दिए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको