Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

न्यूजील्याण्डले पाकिस्तानलाई हरायो अनमोल केसी नर्भिक अस्पतालमा भर्ना ५१ देशका आरोहीले लिए अनुमति एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी आजदेखि सोह्र श्राद्ध सुरु प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै

चाउमिन पिज्जा खादै हुनुहन्छ ? सावधानी अपनाउनुहोस खतरनाक रोग लाग्न सक्छ

admin

के तपाईं पनि फास्टफुड र बजारमा भेटिने ‘रेडी टु इट फुड’ को शौखिन हुनुहुन्छ र ? यदि हुनुहुन्छ भने तपाईं जानेर नजानेर मोनो सोडियम ग्लुटामेटको भरपुर सेवन गरिरहनुभएको छ ।

मोनो सोडियम ग्लूटामेट अर्थात एमएसजी स्वास्थ्यका लागि कति खतरनाक छ भन्ने तपाईंलाई जानकारी छैन होला । यदि तपाईं प्याकेटमा ‘नो एडेडे एमएसजी’ को लेवल देखेर यसलाई सुरक्षित मान्नुहुन्छ भने पनि तपाईंलाई कम्पनीहरुले वेवकुफ बनाइरहेका छन् ।

के हो मोनो सोडियम ग्लूटामेट ?

ग्लूटामेट एक प्रकारको प्राकृतिक एमिनो एसिड हो जुन दूध, च्याउ र माछा जस्ता थुप्रै खाद्य पदार्थहरुमा पाइन्छ । मोनो सोडियम ग्लूटामेटलाई कारखानामा बनाइन्छ । यसको प्रयोग स्वाद बढाउने पदार्थको रुपमा गरिन्छ ।

बढिजसो चाइनिज खानेकुरा, नुडल्सका मसला, पिज्जा, चिप्स, बट्टामा बन्द तरकारी, सूप र प्रशोधित मासुमा यसलाई मिसाइन्छ । खाद्य सुरक्षासँग सम्वन्धित संसारभरका तमाम संस्थाहरुमा एमएसजीको प्रयोगलाई लिएर सँधै विवाद पर्दै आएको छ । यस विवादका कारण धेरै उत्पादकहरुले आफ्नो प्याकेटमा ‘नो एडेड एमएसजी’ लेख्न थालेका छन् ।

प्याकेटमै यस्तो लेखिएको देखेपछि तपाईं यसलाई सायद सुरक्षित सम्झिनुहुन्छ । तर, तपाईं गलत हुनुहुन्छ । धेरै उत्पादनहरुमा ‘नो एडेड एमएसजी’ लेखिने भए तापनि यसमा एमएसजी हुन सक्छ, किनकी उपरोक्त टिप्पणीको अर्थ हो, यस उत्पादनलाई बनाएपछि एमएसजी मिसाइएको छैन । जबकि बनाउने क्रममा यो उत्पादन प्रयोग गरिएको हुन सक्छ ।

एमएसजीको प्रभाव

एमएसजीको प्रयोग सुरु भएयताका ३० वर्षमा संसारभरमिा टाइप २ डाइबिटिजका रोगीहरुको संख्या ३० गुणा बढेको पाइन्छ । यसैबाट थाहा हुन्छ कि एमएसजी कति हानिकारक चिज हो । साथै यसको प्रयोगले गर्दा संसारभर बच्चाहरुमा मोटोपना बढिरहेको छ ।

किन हानीकारक छ एमएसजी ?

एमएसजीयुक्त पदार्थहरुको सेवनले बाँझोपना पनि हुन सक्छ किनकी यसको प्रयोगले गर्भमा रहेको बच्चालाई भोजन पुर्‍याउने नली प्रभावित हुन्छ । यसबाट भ्रुणको विकास नै हुन पाउँदैन । एमएसजी मिसाइएको आहारा खाँदा रक्तचाप बढ्नुका साथै मुटु रोगको सम्भावना पनि बढ्छ । यसको लगातार प्रयोगले माइग्रेनदेखि टाउको दुख्ने समस्या उत्पन्न हुन सक्छ ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको