Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

चाउमिन पिज्जा खादै हुनुहन्छ ? सावधानी अपनाउनुहोस खतरनाक रोग लाग्न सक्छ

admin

के तपाईं पनि फास्टफुड र बजारमा भेटिने ‘रेडी टु इट फुड’ को शौखिन हुनुहुन्छ र ? यदि हुनुहुन्छ भने तपाईं जानेर नजानेर मोनो सोडियम ग्लुटामेटको भरपुर सेवन गरिरहनुभएको छ ।

मोनो सोडियम ग्लूटामेट अर्थात एमएसजी स्वास्थ्यका लागि कति खतरनाक छ भन्ने तपाईंलाई जानकारी छैन होला । यदि तपाईं प्याकेटमा ‘नो एडेडे एमएसजी’ को लेवल देखेर यसलाई सुरक्षित मान्नुहुन्छ भने पनि तपाईंलाई कम्पनीहरुले वेवकुफ बनाइरहेका छन् ।

के हो मोनो सोडियम ग्लूटामेट ?

ग्लूटामेट एक प्रकारको प्राकृतिक एमिनो एसिड हो जुन दूध, च्याउ र माछा जस्ता थुप्रै खाद्य पदार्थहरुमा पाइन्छ । मोनो सोडियम ग्लूटामेटलाई कारखानामा बनाइन्छ । यसको प्रयोग स्वाद बढाउने पदार्थको रुपमा गरिन्छ ।

बढिजसो चाइनिज खानेकुरा, नुडल्सका मसला, पिज्जा, चिप्स, बट्टामा बन्द तरकारी, सूप र प्रशोधित मासुमा यसलाई मिसाइन्छ । खाद्य सुरक्षासँग सम्वन्धित संसारभरका तमाम संस्थाहरुमा एमएसजीको प्रयोगलाई लिएर सँधै विवाद पर्दै आएको छ । यस विवादका कारण धेरै उत्पादकहरुले आफ्नो प्याकेटमा ‘नो एडेड एमएसजी’ लेख्न थालेका छन् ।

प्याकेटमै यस्तो लेखिएको देखेपछि तपाईं यसलाई सायद सुरक्षित सम्झिनुहुन्छ । तर, तपाईं गलत हुनुहुन्छ । धेरै उत्पादनहरुमा ‘नो एडेड एमएसजी’ लेखिने भए तापनि यसमा एमएसजी हुन सक्छ, किनकी उपरोक्त टिप्पणीको अर्थ हो, यस उत्पादनलाई बनाएपछि एमएसजी मिसाइएको छैन । जबकि बनाउने क्रममा यो उत्पादन प्रयोग गरिएको हुन सक्छ ।

एमएसजीको प्रभाव

एमएसजीको प्रयोग सुरु भएयताका ३० वर्षमा संसारभरमिा टाइप २ डाइबिटिजका रोगीहरुको संख्या ३० गुणा बढेको पाइन्छ । यसैबाट थाहा हुन्छ कि एमएसजी कति हानिकारक चिज हो । साथै यसको प्रयोगले गर्दा संसारभर बच्चाहरुमा मोटोपना बढिरहेको छ ।

किन हानीकारक छ एमएसजी ?

एमएसजीयुक्त पदार्थहरुको सेवनले बाँझोपना पनि हुन सक्छ किनकी यसको प्रयोगले गर्भमा रहेको बच्चालाई भोजन पुर्‍याउने नली प्रभावित हुन्छ । यसबाट भ्रुणको विकास नै हुन पाउँदैन । एमएसजी मिसाइएको आहारा खाँदा रक्तचाप बढ्नुका साथै मुटु रोगको सम्भावना पनि बढ्छ । यसको लगातार प्रयोगले माइग्रेनदेखि टाउको दुख्ने समस्या उत्पन्न हुन सक्छ ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको