Logo
25 May 2025    १२ जेष्ठ २०८२, आईतवार

ताजा खबर

संसदको शिक्षा समितिको बैठक आज, शिक्षा विधेयकमाथी छलफल हुने यी प्रदेशमा हुनेछ मेघगर्जन र चट्याङसहित वर्षा तनहुँको मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु कानून विपरीत वैदेशिक रोजगारीमा पठाउनेलाई कारबाही गर्ने चेतावनी रास्वपाद्वारा गृहमन्त्री लेखकको राजीनामा माग भिजिट भिसामा संलग्नता पुष्टी भए राजनीतिबाट सन्यास लिन्छुः गृहमन्त्री

तामाङ्ग समुदायका महिलाहरुका लागि खुशिको खवर, मिसेस तामाङ्गका लागि आवेदन खुल्ला

admin

एसके ईन्टरटेनमेन्टको आयोजनामा “मिसेस तामाङ्ग नेपाल २०१८” हुने भएको छ । एसकेले तामाङ्ग समुदायका बिवाहित महिलाहरुको कला संस्कृति तथा भाषा लगायतको समग्र व्यक्तित्व विकास गर्ने प्रतियोगिता मिसेस तामाङ्गको आयोजना गर्दै आएको छ । बिगत केहि बर्ष देखि विभिन्न सौन्दर्य प्रतियोगिताहरु आयोजना गरेर ख्याति कमाउन सफल एसके ईन्टरटेनमेन्टले सौन्दर्य प्रतियोगिताहरु मध्येको लोकप्रिय र चर्चित “मिसेस तामाङ्ग नेपाल २०१८” का लागि आवेदन खुल्ला गरेको हो ।

Mrs.Tamang Winner- 2017

अव आयोजना हुन लागेको मिसेस तामाङ्गका लागि यसै गरि नेपालका वरिष्ठ व्यक्तित्व एवं कलाकारहरुको उपस्थितीमा भव्य रुपमा आयोजना हुने छ र त्यसका लागि प्रतियोगिताको अडिसनका लागि नेपाल अधिराज्यभरबाट तामाङ्ग समुदायका बिवाहित महिलाहरुका लागि आवेदन फाराम खुल्ला गरिएको संस्थाका प्रबन्ध निर्देशक एवं नायिका शान्ता लामाले जानकारी दिईन । उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ पच्चीस दिनको विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् ।

प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइने भएको छ । प्रतियोगीहरुले आफुले सिकेको ज्ञानहरुलाई समाजमा प्रतिश्प्रधा गर्न अनि आफ्नो आत्मा बिश्वास बढाएर भोलिको दिनमा आज सिकेको कुराहरुलाइ उपयोग गर्न सक्ने बनाउनुनै लक्ष्य रहेको आयोजक लामाले बताइन ।
यस किसिमको प्रतियोगीताले विवाहित तामाङ्ग समुदायका महिलाहरु बीच व्यक्तित्व विकास र आफु संग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनि बिस्वस्त छिन् । इच्छुक प्रतियोगीहरुले एसके ईन्टरटेनमेन्टको कार्यालय सामाखुशी , तथा ९८५१०७९९७, ९८४०३१११०२ मा सम्पर्क गरि आवेदन दिन सकिने छ ।

एसकेले यस अघि मिसेस गुरुङ्ग नेपाल भव्य रुपमा सम्पन्न गरेको थियो । उक्त कार्यक्रममा ३० जना बढी प्रतिस्पर्धी सहभागी भएर प्रतियोगितामा भाग लिएका थिए , भने तत्कालिन सभामुख ओनसरी घर्तिमगरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशेष अतिथीको रुपमा नेपालका चर्चित कलाकारहरु, तत्कालिन भौतिक पूर्वाधार मन्त्री तथा निर्णायकहरुमा संचिता लुईटेल, सरोज खनाल, सुमित राणा,मिलन मोक्तान लगायत रहेका थिए । साथै चर्चित एवं लोकप्रिय कलाकारहरुले आफ्नो प्रस्तुती दिएका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको