Logo
14 Nov 2025    २९ कार्तिक २०८२, शुक्रबार

ताजा खबर

नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो चार दिनदेखि विद्युत आपूर्ति बन्द

नायिका पूर्णिमाको “हिरोज” चैत्र २३ मा प्रदर्शनमा आउने

admin

नायिका पूर्णिमा लामाले निर्माण गरेको चलचित्र ‘हिरोज’ को प्रदर्शन मिति तय गरिएको छ । एनबि महर्जनको निर्देशनमा बनेको फिल्म चैत्र २३ गतेदेखि देशब्यापी प्रदर्शनमा आउने पक्का भएको छ ।
बेरोजगारीको पीडा, महिला हिंसा, राजनैतिक बिकृति, अन्याय बिरुद्धको आवाजका साथै प्रेमकथा प्रस्तुत गरिएको बताइने फिल्ममा करिश्मा मानन्धर, जयकिसन बस्नेत, पूर्णिमा लामा, मुकेश ढकाल,संजोग राणा, दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापति, दिनेश डिसी लगायतका कलाकारले अभिनय गरेका छन् ।

जयलक्ष्मी फिल्मस् ब्यानरमा निर्मित ‘हिरोज’ को प्रस्तुतकर्ता लक्ष्मी लामा छिन् भने निर्मातामा युवराज लामा, शेखर लामा र संजोग राणा छन् । शिब ढकाल र रामशरण उप्रेतीले खिचेको फिल्म कमल राई, कबिराज गहतराज र रामजी लामीछानेको कोरियोग्राफी छ । फिल्मको द्धन्द्ध शंकर महर्जनले निर्देशन गरेका हुन् ।
नयाँ बर्ष २०७५ को अवसर पारेर दर्शकहरुलाई उपहार स्वरुप ल्याउन लागीएको चलचित्र प्रति आफू निकै आशावादी रहेको पूर्णीमा बताउँछिन । ‘हिरोज’ मनोरञ्जनका भरपुर खजानाले भरिएको निर्देशक महर्जनको दावी छ । ‘चलचित्रको बितरण श्रीराम बालाजी फिल्मस्का सुनील मानन्धरले गर्दैछन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको