Logo
16 Jul 2025    १ श्रावण २०८२, बुधबार

ताजा खबर

२०७२ अगाडि विवाह गरेकी छोरीले अंश नपाउने ५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी विपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक पेट्रोलको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ घट्यो २४ लाख ५० हजार घुससहित भक्तपुरका मालपोत प्रमुख र दुई कर्मचारी पक्राउ पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

सडक दुर्घटनामा ४ जनाको मृत्यु

admin

दैलेख बजारबाट महाबु गाउँपालिकाको  गैडावाजका लागि छुटेको बोलेरो जीप महाबु-४ ओखलढुंगामा दुर्घटना भएको छ । लु१ज ३५३२ नम्बरको जीप दुर्घटनामा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी सरोज पौडेलले जानकारी दिएका छन् । अन्य तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा महाबु-५ का श्रबणकुमार शाही, वडा नं. ३ कि निर्मला पाण्डे र वीरेन्द्रनगर सुर्खेतका तिलक ढकाल  र वडा नं. ६ की निर्मला शाही रहेका छन् । एक जनाको भने पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । यस्तै घाइते हुनेहरूमा महाबु-५ का एकेन्द्र शाही, नारायण नगरपालिका-२ का रमेश थापा, महाबु-१ का बखत थापा र कर्ण मल्ल रहेका छन् । एक जना गम्भीर घाइतेको भने पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । सामान्य घाइते भएइका बखत थापा चालक हुन् भने मल्ल गाडी साहु हुन् । जिल्ला प्रहरी कार्यालय दैलेखबाट थप प्रहरी टोली दुर्घटनास्थल पुगेर उद्धार कार्य सुरू गरेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको