Logo
16 Dec 2025    १ पुष २०८२, मंगलवार

ताजा खबर

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल

सात मन्त्रालय पाएको माओबादी तर मन्त्रीका आकांक्षी दोव्बर बढी

admin

आकांक्षी धेरै भएपछि माओवादी केन्द्रले मन्त्री छान्ने जिम्मा शीर्ष तीन नेतालाई दिएको छ । ओली सरकारमा माओवादीले सात मन्त्रालय पाएको छ । तर, दर्जन बढी नेता मन्त्रीको दावेदार छन् ।

 

बिहीबार साँझ खुमलटारमा बसेको सचिवालयको बैठकमा पनि धेरै नेता मन्त्रीका आकांक्षी देखिए । नाममा सहमति हुन नसकेपछि मन्त्री छान्ने जिम्मा अध्यक्ष प्रचण्डसँगै नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादललाई दिइएको छ । बैठकले मन्त्री छनोटको आधार पनि दिएको छ । सबै प्रदेशलाई समेट्नु पर्ने, समावेशी हुनुपर्ने, राम्रो प्रदर्शन गर्न सक्ने तथा नयाँ र पुरानोको मिश्रति टिम हुनुपर्ने र पटकपटक अवसर पाएकालाई प्राथमिकता दिन नहुनेलाई आधार बनाइएको छ ।

माओवादीबाट नेता रामबहादुर थापा बादलले उपप्रधान तथा गृहमन्त्री दाबी गरेका छन् । वर्षमान पुन र जनार्दन शर्मा पनि गृहमन्त्रीका दावेदार हुन् ।

शक्ति बस्नेतले भौतिक पूर्वाधार मन्त्रालयमा दावी गरेका छन् तर, यो एमालेको भागमा परेको छ । मातृका यादव, हिमाल किराती, राम कार्की, लेखराज भट्ट, पम्फा भुसाल देव गुरुङ र देवेन्द्र पौडेल पनि मन्त्रीका दावेदार हुन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको