Logo
29 Mar 2024    १६ चैत्र २०८०, शुक्रबार

ताजा खबर

‘महाजात्रा’ले महिलाको शीप र क्षमताको कदर गरेकामा हामी खुसी छौँ : वरिष्ठ ब्युटिसियन महरा बिहीबारदेखि एसइई सुरु रुस जान व्यक्तिगत श्रम स्वीकृत खुला गरिएको छैन : मन्त्री अर्याल सम्पदा अमगाई अभिनित भिडियो ‘डाँडा पारी जुन’ सार्वजनिक (भिडियो) होलीमा जथाभावी रङ्ग दल्ने दुई सय ७७ जना पक्राउ बागमती प्रदेश विद्यालय स्तरीय हस्तलेखन प्रतियोगीता:ज्योति एकेडेमीका प्रधुम्न गौतम मावितर्फ द्धितिय

मन्त्रिपरिषद् निर्णय :अक्सिजन सिलिण्डरमा कर छुट,२३ खेलाडीलाई प्रतिव्यक्ति चार लाख रुपैयाँ

admin

कोरोना संक्रमित बिरामीका लागि अभाव नहोस् भनी सरकारले अक्सिजन सिलिन्डर लगायतमा कर छुट दिने निर्णय गरेको छ। सञ्चालनमा नरहेका सिलिन्डर उद्योगलाई पनि चलाउने सरकारले निर्णय गरेको छ। साथै मर्मत सम्भार पनि सरकारले बढाउने बताएको छ। 

कुनै पनि जिल्लामा कोभिड संक्रमण फैलिए प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा गर्न सक्ने अधिकार पनि सरकारले दिएको छ। १० दिन क्वारेन्टाइन बसेको होटलको प्रमाण ल्याए सीमाबाट भित्रिन दिने पनि सरकरले निर्णय गरेको छ। 

आज मन्त्रिपरिषद् निर्णय सरकारका प्रवक्ता पार्वत गुरुङले हवाई मार्गबाट नेपाल प्रवेश गरेकाले १० दिन अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने पनि सरकारले निर्णय गरेको जानकारी दिए। 

देशभरका विद्यालयमा भाैतिक उपस्थितिबिना भर्चुअल माध्यमबाट पठनपाठन गर्न पनि सरकारले भनेको छ। अत्यावश्यक बाहेक अन्य सरकारी कार्यालयले आलोपालोमा काम गर्नु पनि सरकारले भनेको छ। 

 त्रिदेशीय फुटबल विजेता २३ खेलाडीलाई प्रतिव्यक्ति चार लाख रुपैयाँ र तीन जना प्रशिक्षकलाई प्रतिव्यक्ति दुई लाख रुपैयाँ दिने पनि सरकारले निर्णय गरेको गुरुङले बताए। 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको