२४ घण्टामा ४८९७ संक्रमित पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४८९७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। १३८७९ जनाको पीसीआर र ९५५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ४७७४ र १२३ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र २,०४७ जना संक्रमित थपिएका छन्। योसँग नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार २०९ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *