Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

गायक टीका मगरको ‘बज्यैको बुलाकी’सार्वजनिक (भिडियो ) पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि,ग्यास सिलिण्डरमै २१५ ले बढ्यो सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता होस्टेलमा झुन्डिएको अवस्थामा मृत भेटिए ८ बर्षिय बालक, विद्यालयमा तोडफोड र आगजनी मुलुकको अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको अर्थमन्त्री महतको दाबी समाजवादी महिला संघले गर्यो आफ्ना सांसदहरुलाई सम्मान

आफ्नै बिहेको कार्ड बाड्न नेपाल आएका भारतीय युवाको हत्यामा संलग्न दुई भारतीय पक्राउ

admin

व्यापार र केटीसँगको सम्बन्धको निहुँमा आफ्नै साथीको हत्या गर्ने दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहारका २५ वर्षीय सन्तोष गुप्ता र २४ वर्षीय राहुल पटेल रहेका छन् । उनीहरुले गत फागुन ३ गते भारतको विहार रक्सौल बस्ने २२ वर्षीय मनिष कुमार नारायाणको घाँटी रेटी हत्या गरेका थिए ।

गत फागुन ४ गते बिहान बाराको परवानिपुर गाउँपालिका वडा नं . ५ बहुवरी टोल स्थित पुर्वी–पश्चिम गण्डक नहरको सडक किनारमा वेवारिसे शव फेला परेको थियो । अनुसन्धान गर्दै जाँदा उक्त शव भारत विहार रक्सौल न.पा.वडा नं. १० काली मन्दिर रोड बस्ने प्रमोद कुमारका छोरा मनिषको भएको परिवारले सनाखत गरेको थियो ।

प्रहरीले यसबारे अनुसन्धान गर्दा मनिषलाई सन्तोष गुप्ता र राहुल पटेल समेतको योजना र संलग्नतामा घाटी रेटी कर्तव्य गरी मारी फालेको खुलेको थियो । उनीहरुलाई नेपाल भारत र पर्सा जिल्लाको सिमावर्तित एरियामा पक्राउ गरिएको थियो ।

प्रहरीका अनुसार मृतक मनिष कुमारको विहे फागुन ११ गते भारतको घोडासहन भन्ने ठाउँमा हुने तय भएको थियो ।

गत फागुन ३ गते विहान मनिषको घरमा गई प्रतिवादी राहुल पटेल र सन्तोष गुप्ताले करिब ३ घण्टा सम्म कुराकानी गरी बिरगंज जानको लागी दवाव दिएका थिए । विहेको कार्ड बाँड्न जाउँ भन्दै दुई जनाले मनिषलार्ई फकाई बिरगञ्ज ल्याई चंडाल चोकमा अत्याधिक मात्रामा मादक पदार्थ सेवन गराएका थिए । त्यसपछि दुई जनासहित अन्य फरार प्रतिवादीहरुको सहयोगमा राती अन्दाजी ९ बजेको समयमा बारा जिल्लाको परवानीपुर गा।पा।५ बहुअरी टोल स्थित पुर्व–पश्चिम नहरमा धारिलो हतियारले घाटी रेटी मारेका थिए । घटनामामा ना २ ह ११० नं.को ई .रिक्सा प्रयोग गरेको पाइएको छ ।

प्रहरीका अनुसार मृतक र पक्राउ प्रतिवादी बीचमा व्यवसाय व्यापार तथा केटी सम्बन्धमा व्यक्तिगत रिसईवीको रहेको थियो । जसको कारण उनीहरुले कारण हत्या गरेका हुन् ।

उनीहरुलाई कर्तव्य ज्यान मुद्दामा सम्मानित बारा जिल्लाबाट म्याद अनुमति लिई हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको