Logo
17 Mar 2025    ३ चैत्र २०८१, सोमबार

ताजा खबर

एसइई परिक्षाको तयारी पूरा प्रतिनिधि सभाको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै, नेपाल प्रहरीमा आईजिपीको टुंगो लाग्ने मन्त्री निवास आसपास निषेधित क्षेत्र घोषणा सुशासन र सार्वजनिक सेवा प्रभावकारीको विषय नै पहिलो समस्या : मन्त्री गुरुङ प्रचण्डको तस्बिर जलाउने राप्रपाका बम पक्राउ

इन्धन बोक्ने टंयाकर आयल निगमको कारवाहीमा

admin

पेट्रोलियम पदार्थको ढुवानी गर्दा ट्यांकर चालकले बाटोमै मिसावट गर्ने गरेको पाइएको खबर आजको कारोबारमा खबर छ । इन्धन बोकेर आएको ट्यांकरको गुणस्तर परीक्षण गर्दा समस्या देखिएको नेपाल आयल निगमले जानकारी दिएको छ ।

इन्धनको गुणस्तरमा कैफियत भेटिएपछि निगमले दुईवटा ट्यांकरलाई कारबाही गरेको छ । इन्डियन आयल कर्पोरेसन(आईओसी)का विभिन्न डिपोबाट ल्याएको तेलको गुणस्तर मापन गर्दा कम गुणस्तर भेटिएपछि इन्धन बोक्ने ट्यांकर कारबाहीमा परेका हुन् । हाल ती दुईवटा ट्यांकरलाई निलम्बनमा राखी इन्धन बोक्न रोक लगाइएको निगम प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।शिवप्रसाद घिमिरे सञ्चालक रहेको एउटा र ललित मुनियाको एउटा ट्यांकरमा ल्याइएको इन्धनको गुणस्तर परीक्षण गर्दा कैफियत फेला परेपछि कारबाही गरिएको हो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको