रानी शाक्यको गीत ‘के बिराएँ मैले हजुर’ सार्वजनिक(भिडियो)

रानी शाक्यको स्वरमा रहेको गीत ‘के बिराएँ मैले हजुर’ सार्वजनिक भएको छ । रमण घिमिरेको शब्द, हरि लम्सालको सङ्गीत तथा एरेञ्ज र चन्द्र चौधरीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सोनाम पार्खिनको निर्देशन रहेको गीतको भिडियोम हास्य अभिनेता बुध्दि तामाङ ‘हैट’ र नायिका छुल्ठिम गुरूङलाई फिचरि गरिएको छ । रमाईला र मिठा नोकझोंक सहितको भिडियो उत्कृष्ट बनेको छ ।

भुपेन्द्र लिम्बु तुम्बाहाफेको छायाँकन रहेको गीतको भिडियोमा शुसिल न्यौपानेको सम्पादन रहेको छ । गीतको भिडियो रानी शाक्यको अफिसल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *