देशभरका अधिकांश अस्पताल भरिभराउ

 देशभर दैनिक कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि गम्भीर प्रकृतिका संक्रमितले शय्या पाउन हम्मेहम्मे पर्दै गएको छ । अहिले देशभरका अधिकांश अस्पताल भरिभराउ छन् । देशभर ४ सय ४६ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आईसीयू र भेन्टिलेटरमा उपचाररत रहेका छन् । ३ सय ३१ जना आईसीयू र १ सय १५ जनाको भेन्टिलेटरमा उपचार जारी छ ।

अस्पतालमा आईसीयू र भेन्टिलेटर अभाव भएपछि गम्भीर संक्रमितका आफन्तले शय्या उपलब्ध गराउन नेता, सांसद, चिकित्सकदेखि स्वास्थ्य मन्त्रालयका अधिकारी, स्वास्थ्यकर्मीलाई अनुनयविनय गर्न थालेका छन् ।

केही कोभिड अस्पतालले भेन्टिलेटर र आईसीयू अभाव भएको भन्दै सूचनासमेत जारी गरेका छन् । गम्भीर संक्रमितका आफन्तले भेन्टिलेटर पाउन मृत्यु कि डिस्चार्ज कुनुपर्ने अवस्था आएको गुनासो गरेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा शुक्रबार पुगेका एक गम्भीर संक्रमितका आफन्तले भने, ‘भेन्टिलेटर पाउन त मृत्यु र डिस्चार्जमध्ये एउटा कुनुपर्ने रहेछ ।

भेन्टिलेटर नै नपाइने भएपछि निजी अस्पताल रेफर गर्नुप¥यो ।’ सबैभन्दा धेरै बाग्मती प्रदेशमा आईसीयूमा १ सय ४४ र भेन्टिलेटरमा ७२ जना संक्रमित उपचाररत छन् । प्रदेश एकमा ४० जना आईसीयू र ६ जना भेन्टिलेटरमा, प्रदेश २ मा नौ जना आईसीयू र दुइ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ५ जना आईसीयू र एक जना भेन्टिलेटरमा उपचाररत छन् । लुम्बिनी प्रदेशमा ८४ जना आईसीयू र २० जना भेन्टिलेटरमा, कर्णाली प्रदेशमा २७ जना आईसीयू र सात जना भेन्टिलेटरमा र सुदूरपश्चिम प्रदेशमा २२ जना आईसीयू र सात जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।

यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वर्तमान स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी कोरोना संक्रमण बढेको भन्दै सचेत रहन आमसर्वसाधारणलाई अपिल गरेको छ । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न शøया उपलब्ध नहुने अवस्था आइसकेको बताएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समिर कुमार अधिकारीले संक्रमण फैलिने दर डरलाग्दो गरी अघि बढिरहेको बताए ।

देशभर गम्भीर प्रकृतिका संक्रमित बढ्दै गएपछि बिरामीलाई सकस हुन थालेको छ । अहिले बेड पाउन गम्भीर संक्रमितलाई हम्मेहम्मे परेको छ । बेड पाउन कि मृत्यु कि डिस्चार्ज कुर्नुपर्ने अवस्था छ । २२ वटा जिल्लामा थेग्नै नसक्ने गरी कोरोना संक्रमण बढेकाले सतर्क रहन अनुरोध गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रूपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा संक्रमण उच्च दरमा फैलिरहेको छ । -राजधानी दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *