रूपन्देहीमा कोरोना संक्रमितले अस्पतालमै गरे आत्महत्या

रुपन्देहीमा एकजना कोरोना संक्रमितले अस्पतालमै आत्महत्या गरेका छन्।

सैनामैना नगरपालिका–१ वनकट्टामा नगरपालिकाले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा उपचाररत सैनामैना रानिबगियाका ४० वर्षीय पुरुषले शनिबार शौचालयमा आत्महत्या गरेका हुन् ।

वैशाख १६ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी सोही दिन अस्पताल भर्ना भएका थिए।

शनिबार बिहान ४ बजे शौचालय गएका उनी मृत अवस्थामा फेला परेको अस्पतालका स्वास्थ्यकर्मी दीपक पाण्डेले जानकारी दिए। पाण्डेका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *