Logo
19 Jan 2026    ६ माघ २०८२, सोमबार

ताजा खबर

उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा र तडकभडक नगर्न आयोगको चेतावनी झापा–५ को चुनाव रोमाञ्चक बन्दै, ओली–बालेन आमनेसामने सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

बहुप्रतिक्षित चलचित्र “शत्रुगते” को रुपै मोहनी..को गित युटुय्बमा १ करोड भन्दा बढि भ्यूअर

admin

चलचित्र ’शत्रु गते’ मा समावेश गीत ’रुपै मोहनी’ लाई दर्शकले रुचाएका छन् । गत डिसेम्बर २९ मा युट्युब मार्फत सार्वजनिक गरिएको गीतलाई फेब्रुअरी २२ सम्ममा एक करोड भन्दा बढी पटक दर्शकले हेरेका छन् ।

गीतको भ्युज एक करोड भन्दा बढी भएको खुशियालीमा निर्माण पक्षले केक काटेको छ । फिल्ममा अभिभावक तथा निर्माता मह सञ्चारका म अर्थात मदनकृष्ण श्रेष्ठ र ह अर्थात् हरिवंश आचार्यको उपस्थितिमा फिल्म युनिटले केक काटेको थियो ।

राजधानी स्थित रेडियो अडियोमा उपस्थित टिमले दर्शक तथा श्रोतालाई धन्यवाद दिदै करोड भ्युअर्स पुगेको उपलक्ष्यमा केक काटेका थिए । उक्त अवसरमा फिल्मका कलाकारहरु दीपक राज गिरी , दीपाश्री निरौला , शिवहरी पौडेल , पल शाह , आँचल शर्मासंगै प्रस्तुतकर्ता किरण केसी र निर्देशक प्रदीप भट्टराई पनि उपस्थित थिए । सोहि अवसरमा पलको पनि जन्मोत्सवलाई सेलिब्रेट गरिएको थियो । उनको केक काट्दै निर्माण पक्षले दिर्घायु तथा सफलताको कामना गरेको थियो । ‘रुपै मोहनी’ बोलको गीतमा शब्द लोकराज अधिकारीको रहेको छ भने यसमा संगीत टंक बुढाथोकीले दिएका छन् ।

फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् । यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् ।

चलचित्रमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् । चलचित्र चैत्र ९ मा रिलिज हुनेछ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको