Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

न्यूजील्याण्डले पाकिस्तानलाई हरायो अनमोल केसी नर्भिक अस्पतालमा भर्ना ५१ देशका आरोहीले लिए अनुमति एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी आजदेखि सोह्र श्राद्ध सुरु प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै

बहुप्रतिक्षित चलचित्र “शत्रुगते” को रुपै मोहनी..को गित युटुय्बमा १ करोड भन्दा बढि भ्यूअर

admin

चलचित्र ’शत्रु गते’ मा समावेश गीत ’रुपै मोहनी’ लाई दर्शकले रुचाएका छन् । गत डिसेम्बर २९ मा युट्युब मार्फत सार्वजनिक गरिएको गीतलाई फेब्रुअरी २२ सम्ममा एक करोड भन्दा बढी पटक दर्शकले हेरेका छन् ।

गीतको भ्युज एक करोड भन्दा बढी भएको खुशियालीमा निर्माण पक्षले केक काटेको छ । फिल्ममा अभिभावक तथा निर्माता मह सञ्चारका म अर्थात मदनकृष्ण श्रेष्ठ र ह अर्थात् हरिवंश आचार्यको उपस्थितिमा फिल्म युनिटले केक काटेको थियो ।

राजधानी स्थित रेडियो अडियोमा उपस्थित टिमले दर्शक तथा श्रोतालाई धन्यवाद दिदै करोड भ्युअर्स पुगेको उपलक्ष्यमा केक काटेका थिए । उक्त अवसरमा फिल्मका कलाकारहरु दीपक राज गिरी , दीपाश्री निरौला , शिवहरी पौडेल , पल शाह , आँचल शर्मासंगै प्रस्तुतकर्ता किरण केसी र निर्देशक प्रदीप भट्टराई पनि उपस्थित थिए । सोहि अवसरमा पलको पनि जन्मोत्सवलाई सेलिब्रेट गरिएको थियो । उनको केक काट्दै निर्माण पक्षले दिर्घायु तथा सफलताको कामना गरेको थियो । ‘रुपै मोहनी’ बोलको गीतमा शब्द लोकराज अधिकारीको रहेको छ भने यसमा संगीत टंक बुढाथोकीले दिएका छन् ।

फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् । यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् ।

चलचित्रमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् । चलचित्र चैत्र ९ मा रिलिज हुनेछ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको