Logo
19 Apr 2024    ७ बैशाख २०८१, शुक्रबार

ताजा खबर

भाइरल भयो जेम्स बन्ड सिरिजको फिल्मको नक्कली ट्रेलर काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो काँग्रेस सांसद खड्काले कब्जा गरेको स्काउटको जग्गामा सिलबन्दी शुक्रबार बिहानै इरानमाथि इजरायलको जवाफी हमलामा मिसाइल प्रहार हेलिकोप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको निधन सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु

गाडी र मोटर साइकलमा प्रेस लेखेर पुलिसको आखाँ छल्नेहरुको जमात

admin

डा.डिआर उपाध्याय,

नेपालमा दोस्रो लहरको कोरोना भाईरस अझै नियन्त्रणमा आउन सकेको छैन । सरकार र सम्वन्धित पक्षहरु कोरोना भाइरस नियन्त्रमा ल्याउन आफनो क्षमताले भ्याय सम्म लागीपरि रहेका छन । सवै भन्दा पहिला आफू सुरक्षित हुने र अरुलाई सुरक्षित गर्ने बानी हामी सवै नेपालीहरुले गर्ने गरौं । हामी आफै सुरक्षित हुँदा अरु पनि स्वत सुरक्षित हुन्छन ।

यो कुरा सवैले बुझन जरुरी छ । अहिले कोरोना भाइरस माहामारीका रुपमा देखिएको छ । यस्तो बेलामा आफनो घर बाहेक अरु कुनै ठाउँमा जाने काम कसैले नगरौ । घर भित्र पनि सामाजिक दुरी कायम गरेर बसौं ।

किन कि घर भित्र पनि सुरक्षित नहुन सक्छ । एक आपसमा सुरक्षित रहेर बसौं । कोरोना भाइरस कहिले नियन्त्रमा आउँछ त्यो कुनै ठेगान छैन । तर आशा गरौं , यो दोस्रो लहरको कोरोना भाइरस चाडै नियन्त्रमा आउँछ भनेर । यसलाई चाडो नियन्त्रमा ल्याउने भनेको तपाई हाम्रो अनुशासनमा भर पर्दछ । सरकारले तोकेको स्वास्थ्य मापदण्ड सवैले पालना गर्ने र गराउने काम गरौं । त्यसो भयो भने मात्र कोरोना भाइरस छिटो नियन्त्रमा आउँने छ ।

हामी आफै अनुशासनमा बस्ने बानी बसाल्यौं भने घर भित्र अनुशासन हुन्छ । घर भित्र अनुशासन भयो भने त्यसले समाजलाई अनुशासनमा राख्छ । समाज अनुशासित भयो भने सवै अनुशासित हुदै जान्छन । कसैको कुरा कसैले नसुन्ने र आफू भन्दा ठूलो समाजमा अरु कोही छैन भन्ने दम्भ देखाउने बानी छाडेनौं भने कसैलाई फाइदा हुने छैन ।

त्यसले आफूलाई र समाजलाई नै नोक्सानी पुयाउने छ । आज जसरी कोरोना भाइरस संक्रमितको संख्या जुन किसिमले दिनौं जसो बढी रहेको छ यो एउटा खतराको संकेत हो । कोरोना नेपाल भित्रनु भन्दा पहिला तपाई, हामीले गरेको अटेरी र हेलचेक्याइको परिणाम हो यो ।

सरकारलाई मात्र गाली गरेर हुदैन, सवै भन्दा पहिला तपाई हामीले सचेतना र सतर्कता अपनाउने हो । आफूले केही नगर्ने दोष सरकार माथि पोखेर मात्र हुदैन । नागरिकमा अटेरि पन बढी भयो । अहिले देशका बिभिन्न ठाउँमा निषेधाज्ञा जारी छ । तर पनि नागरिक त्यो निषेधाज्ञाको पालना गर्न आनाकानी गर्छन । सडकमा ननिस्कौं कोही पनि भन्दा मान्दैनन् । गाडीमा , मोटर साइकलमा प्रेस लेखेर पुलिसको आखाँ छल्नेहरुको जमात पनि धेरै नै देखियो ।

यसरी प्रेसको नाम दुरुपयोग गरेर धेरै मानिस हिडिरहेका छन । त्यसैले गर्दा सरकारले अव प्रेसलाई पनि कडाई गर्ने नीति ल्याएको छ । आज बाट प्रेस कार्डको निगरानी हुने भएको छ । सुचना बिभागको प्रेसपास बाहेक अरु मान्य नहुने कुरा आएको छ । यस्तो हुनुको कारण के हो भने प्रेसको नाममा भिडभाड बढेकोले हो । यो तपाई हाम्रो हितको लागी हो ।

प्रेसपासको दुरु प्रयोग हुन दिनु हुदैन । यसले राम्रो संकेत दिदैन । सुचना बिभागको प्रेसपास भएका पत्रकारलाई मात्र आवतजवातमा रोक लगाउनु हुदैन । अरु सवैलाई ठेगान लगाउनु पर्छ ।

अनाबश्यक रुपमा घर वाहिर निस्किनेलाई कारवाही गर्ने काम गरौं । त्यसो भयो भने कोही पनि बाहिर निस्कदैन । कोही पनि बाहिर ननिस्के पछि भिडभाड हुने कुरै भएन । कोरोना भाईरसलाई नियन्त्रणमा ल्याउने उत्तम उपाय भनेकै यही हो यो भन्दा अर्को कुनै बिकल्प छैन ।

एक ब्यक्तिवाट अर्को ब्यक्तिमा सर्ने प्राणघातक रोग हो यो कोरोना भाइरस । त्यसैले कसैले यो रोगको खेलवाड गर्नु हुदैन । आफू सुरक्षित रही अरुलाई पनि सुरक्षित बनाउने कोसिस सवै नागरिकले गरौं । धेरैलाई कोरोना भाइरस संग जुधेर बिजयी हासिल गर्नु परेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको