चट्याङबाट तीन जनाको मृत्यु, ५ घाइते

गएको २४ घण्टामा चट्याङबाट तीन जनाको ज्यान गएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार देशका विभिन्न भागमा चट्याङ पर्दा पाँच जना घाइते भएका छन्।

पाल्पा जिल्लाको तिनाउ गाउँपालिका–१ कचल मुहान टोलस्थित एक घरमा अचानक चट्याङ परी ३ जना घाइते भएकोमा १ पुरुषको मेडिकल कलेज प्रभासमा मृत्यु भएको छ।

यस्तै, रोल्पाको रुन्टिगढी गाउँपालिका–९ पलासेनीस्थित घर नजिकै रहेको आफ्नै बारीको डिलमा काफल खान गएको अवस्थामा चट्याङ लागि वर्ष १२ कि बालिकाको घटनास्थलमै मृत्यु भएको छ भने वर्ष १३ कि अर्की बालिकाको बायाँ खुट्टा जली घाइते भएकी छन्।

सुनसरीको गढी गाउँपालिका–२ औरावनी झोडास्थित खेतमा अबिरल वर्षासँगै परेको चट्याङ लागेर भैँसी चराउन गएका वर्ष ६० का १ पुरुषको मृत्यु भएको छ।

यस्तै, दैलेख नारायण नगरपालिका–६ बस्ने बर्ष ४८ का १ पुरुष र उनकी ४५ वर्षीय श्रीमती घाइते भएका छन्।

प्राधिकरणका अनुसार ओखलढुङ्गा, कैलाली र उदयपुरका दुई स्थानमा चट्याङले क्षति पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *