Logo
30 Apr 2025    १७ बैशाख २०८२, बुधबार

ताजा खबर

छात्रवृत्ति विवरण पेस गर्न विद्यालयहरूलाई काठमाडौं महानगरको अनुरोध “मिसेस नेपाल अस्ट्रेलिया” हुदै ,आवेदन फारम खुल्ला वैशाख १९ मा राष्ट्रपति पौडेलले संयुक्त सदन बैठकलाई सम्बोधन गर्ने १८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित नेपालमा मानवअधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक : एम्नेस्टी इन्टरनेसनल हायर पर्चेज कम्पनीबाट गाडी लिन ४०% डाउनपेमेन्ट अनिवार्य

नेपाल–भारत इपिजीको बैठक आजबाट शुरु

admin

काठमाडौँ- नेपाल–भारत सम्बन्ध प्रबुद्ध समूह (इपिजी)को सातौँ  बैठक आजबाट शुरु भएको छ । हरेक तीन महिनामा बस्दै आएको बैठक भोलिसम्म चल्नेछ ।नेपाल–भारतबीचको सम्बन्धलाई थप सुदृढ र सुमधुर बनाउने उद्देश्यले गठन भएको उक्त समूहले दुई देशबीच भएका सन्धिको पुनरावलोकन, खुला सिमानामा उत्पन्न समस्या तथा त्यसको समाधानका विषयमा छलफल गर्दै आएको छ ।

बैठकमा दुई देशबीचको सुरक्षा संवेदनशीलता, जलस्रोत, व्यापार, सांस्कृतिक सम्बन्धमा छलफल भई प्रारम्भिक मस्यौदाको काम शुरु भएको भनिएको छ । यस समूहले नेपाल–भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझावसहितको प्रतिवेदन नेपाल र भारत सरकारलाई दिनेछ ।

समूहमा नेपालका तर्फबाट कूटनीतिज्ञ तथा पूर्वपरराष्ट्रमन्त्री डा भेषबहादुर थापा, परराष्ट्रविद् डा राजन भट्टराई, संविधानविद् नीलाम्बर आचार्य र कानूनविद् सूर्यनाथ उपाध्याय सदस्य रहनुभएको छ ।

त्यस्तै भारतीय पक्षबाट भारतीय जनता पार्टीका नेता भगतसिंह कोश्यारी, पूर्वराजदूत जयन्तप्रसाद, प्राध्यापक महेन्द्र पी लामा र भुवनचन्द्र उप्रेती सदस्य रहनुभएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको