Logo
16 Feb 2025    ४ फाल्गुन २०८१, आईतवार

ताजा खबर

अमेरिकाले नेपाललाई प्रदान गर्ने करिब ५ अर्ब ५३ करोड रुपैयाँ बराबरको सहयोग रोक्यो १२ दिनमा १३ लाख किशोरीलाई लगाइयो एचपीभी खोप तोलामा एकैपटक २७ सयले घट्यो सुनको मूल्य गीतकार युवराज अधिकारीको ‘तिम्रो प्रीत’ सार्वजनिक (भिडियो) काठमाडौं महानगरले अब मोबाइल भ्यानमार्फत फिल्डमै खाद्यवस्तुको गुणस्तर परीक्षण गर्ने पोखरा भ्रमण वर्षको उद्घाटनमा घाइते भएका अर्थमन्त्री पौडेललाई राष्ट्रपतिले भेट्ने

डिप्रसेन किन हुन्छ ? कसरी हटाउने ?

admin

पछिल्लो समय डिप्रेसनको सिकार हुनेको संख्या तीव्र रूपमा बढ्दो छ । यसका मुख्य कारण व्यस्तता, असफलता, प्रतिस्पर्धा, अव्यवस्थित जीवनशैली आदि हुन् । यो मानसिक समस्या हो । तर, यसको समयमै निदान गरी उपचारमा ध्यान दिएमा पूर्ण रूपमा निको हुन्छ । डिप्रेसनबारे एक डा.तृष्णा कर्णको सामग्री :

कारण
यो आनुवंशिक रोग हो । त्यसैले वंशजका आधारमा पनि यस्तो समस्या देखिन सक्छ ।
आफू बसिरहेको वातावरण सोचेअनुरूप नहुँदा र मानिस सोचका कारण पनि यस्तो हुन्छ ।
अव्यवस्थित जीवनशैलीका कारण पनि मानिस डिप्रेसनमा फस्न पुग्छ । त्यस्तै अधिक तनाव, दीर्घरोग पनि डिप्रेसनको कारण बन्न सक्छन् । बेरोजगारी, असफलता, परिवारमा तनाव, प्रेम र प्रतिशोधका कारण पनि मानिसमा डिप्रेसन हुन्छ ।

रोकथाम
चिकित्सकको सल्लाहअनुसार औषधिको प्रयोगबाट डिप्रेसनको उपचार गरिन्छ । विभिन्न अध्ययनले औषधि सेवनपछि डिप्रेसनग्रसित मानिसले
आत्महत्या गर्ने देखिएकाले यसबारे परिवार सचेत हुनुपर्छ ।
डिप्रेसन भएका मानिसका लागि परामर्श अत्यन्त आवश्यक भएकाले मनोविद्को सल्लाह पनि लिन सकिन्छ । उनीहरूको मनको कुरा बुझेर सोहीअनुसारको व्यवहार गर्न जरुरी हुन्छ । उनीहरूलाई जीवनप्रति आशा जगाइदिनुपर्छ ।
डिप्रेसन पूर्ण रूपमा निको हुने रोग हो । तर, यसका लागि परिवार र साथीहरूको पनि ठूलो भूमिका रहन्छ ।
यसबाट बच्न मानिस पहिला त सचेत हुन आवश्यक छ । सामाजिक क्रियाकलापमा सहभागी हुँदै सकारात्मक सोच विकास गर्नुपर्छ ।
डिप्रेसनको समस्याबाट ग्रसितलाई घर परिवारले सहयोग गर्नुपर्छ र व्यक्तिअनुकूलको वातावरण निर्माण गरिदिनुपर्छ ।
विभिन्न सीपमूलक काममा लगाउँदा पनि मानिसमा डिप्रेसन हटेर जान सक्छ ।
जीवनमा कुनै लक्ष्य राख्ने र त्यसका निम्ति काम गरेमा पनि यो समस्यामा कमी आउनेछ ।
साथीसंगी, आफन्तजनलगायत सँगै रहिररहने र कुरा गर्ने बानीको विकास गर्नुपर्छ । यस्तो समस्या भएमा कहिल्यै पनि एक्लै बस्नु हुँदैन ।

लक्षण
शक्तिहीन महसुस गर्ने ।
खान मन नलाग्ने ।
कि बढी सुत्नु कि त निद्रै नपर्नु ।
जतिवेला पनि मनमा छटपटी हुनु र मुटुको चाल बढ्नु ।
अत्यन्त भयको अनुभूति गर्नु, कुनै काममा पनि ध्यान नदिनु, आफूबारे नकारात्मक मात्र सोच्नु, आत्मग्लानि गर्नु, कुनै कुरामा पनि आशा नलाग्नु ।
आत्महत्याबारे सोचिरहनु ।
कम बोल्नु, कोहीचाहिँ आवश्यकभन्दा बढी बोल्नु ।
नियमित रूपमा शरीर, टाउको दुख्नु । पेटमा समस्या आइरहनु तर जाँच गर्दा सामान्य देखिनु ।
पुरुषभन्दा महिलामा यो समस्या बढी देखिन्छ । युवावर्गमा डिप्रेसनको प्रभाव बढी पाइन्छ ।

नयाँ पत्रिकाबाट


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको