Logo
14 Jul 2024    ३१ असार २०८१, आईतवार

ताजा खबर

प्रधानमन्त्रीमा केपी शर्मा ओलीको नियुक्ति र शपथ आइतबार हुने कांग्रेस र एमालेद्वारा अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी पेस भाडाका गाडीमा टिकट सिस्टम अनिवार्य नेपाल इन्जिनियरिङ कलेजमा खेलकुद सप्ताह सुरु पहिरोले गोरखा–आँबुखैरेनी सडक अवरुद्ध पहिरोमा बेपता मध्ये १४ यात्रुको नाम सार्वजनिक

सुन्धाराको होटलबाट युवती मृत फेला, प्रेमीबाट हत्या भएको आशंका

admin

 सुन्धारास्थित होटलमा शनिबार बिहान एक युवती मृत भेटिएकी छन् । उदयपुरको कटारी–९ घर भइ हाल हात्तिवन बस्दै आएकी २४ वर्षीय सर्मिला राउत सुन्धारास्थित निकुद गेष्ट हाउसको १०४ नम्बर कोठामा मृत भेटिएकी हुन् । उनी सिन्धुलीको दुधौली नगरपालिका–३ का २३ वर्षीय विशाल खड्कासँगै होटलमा पुगेकी थिइन् । खड्का र राउत करिब डेढ वर्षदेखि प्रेम सम्बन्ध रहेको खुलेको छ । 

होटल सञ्चालक सुन्दर श्रेष्ठले खबर गरेपछि महानगरीय प्रहरी वृत, जनसेवा र महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले घटनास्थलमा पुगेर मुचुल्का उठाएको छ । प्रहरीका अनुसार राति उनीहरुसँगै थप दुई युवक होटलमा पुगेका थिए, जो ५०१ नं. कोठामा बसेका थिए । घटनाको अनुसन्धानका लागि प्रहरीले प्रेमीसहित ३ जनालाई नियन्त्रण लिएको छ । 

सँगै सुतेको विहान उठ्दा झुण्डिएको देखेँः युवक

प्रारम्भीक अनुसन्धानका क्रममा खड्का र राउत बिहान ३ बजे मात्र होटलमा प्रवेश गरेको भेटिएको छ । प्रहरी स्रोतका अनुसार खड्का र राउत शुक्रबार राति १ बजेसम्म कोटेश्वरस्थित एक होटलमा बसेका थिए । त्यसपछि उनीहरुबीच घर जाने कुरा हुन्छ । तर, रात छिप्पिसकेकाले युवकले तिलगंगातिर कोठा खोजे तर, पाएनन् । होटल खोज्ने क्रममा सुन्धारा पुगेका हुन् ।

युवकले प्रहरीसामू आफूहरुसँगै सुतेको र बिहान राउतलाई सिलिङ फ्यानमा झुण्डी राखेको देखेको बताएका छन् । ‘सलमा झुण्डी रहेको देखेपछि बाँच्छिन् होला भनेर हत्तपत्त निकालेँ’, उनले वयानका क्रममा भनेका छन्, ‘तर, धेरै ढिला भइसकेछ ।’ 

दुवै जना काठमाडौंको एक फाइनान्स कम्पनीमा कार्यरत थिए । युवतीले तीन महिनाअघि मात्रै जागिर छाडेर म्यानपावरमा काम गर्न थालेकी थिइन् । जनसेवाका डिएसपी टेकुनन्द लिम्बुले युवतीको शवलाई पोष्टमार्टमका लागि टिचिङ हस्पिटलमा लगिएको बताए ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको