Logo
15 Dec 2025    ३० मंसिर २०८२, सोमबार

ताजा खबर

यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन एमाले महाधिवेशन : आज उम्मेदवारी दर्ता, भोलि मतदान नेकपा एमालेका २ उपाध्यक्षले सक्रिय राजनीतिबाट सन्यास लिए इराकमा संयुक्त राष्ट्रसंघको मिसन समापनको घोषणा

उत्तर कोरिया विरुद्ध अहिलेसम्मकै सबैभन्दा कडा नाकाबन्दी लगाइने

admin

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरिया विरुद्ध अहिलेसम्मकै सबैभन्दा कडा नाकाबन्दीहरु लगाइने घोषणा गरेका छन्। सो नाकाबन्दी उत्तर कोरियाली, चिनियाँ तथा ताइवानी पानीजहाज कम्पनीहरु विरुद्ध लक्षित हुनेछ। उत्तर कोरियाले ‌अहिले पनि आफ्नो आणविक अस्त्र कार्यक्रमलाई जारी राखेकाले ताजा नाकाबन्दीहरु लगाउनु परेको अमेरिकी अधिकारीहरुले जनाएका छन्।

राष्ट्रपति ट्रम्पकी छोरी इभांका दक्षिण कोरिया पुगेको केही घन्टाभित्रै यो घोषणा गरिएको हो। उनले त्यहाँ उत्तर कोरियाविरुद्ध अत्यधिक दबाब दिन आह्वान गरेकी थिइन्। उनले दक्षिण कोरियामा जारी हिउँदे ओलिम्पिक्स समापन समारोहमा भाग लिनेछिन्। हिउँदे ओलिम्पिक्सको उद्घाटन समारोहमा अमेरिकी उपराष्ट्रपति माइक पेन्स सहभागी भएका थिए।

अधिकांश पानी जहाज कम्पनीहरु लगायत नाकाबन्दी लगाइएका १६ वटा कम्पनीहरु उत्तर कोरियाली हुन्।अन्य कम्पनीहरुमध्ये पाँचवटा हङकङमा, दुई दुईवटा चीन र ताइवानमा तथा एकएक वटा पनामा र सिंगापुरमा दर्ता गरिएका छन्। यस अघि गत डिसेम्बर महिनामा संयुक्त राष्ट्र संघले उत्तर कोरियाको तेल आयात ९० प्रतिशतसम्मले कटौती गर्ने उद्देश्यले विभिन्न नाकाबन्दीहरु लगाएको थियो। संयुक्त राज्य अमेरिकाले गएको एक दशकदेखि नै उत्तर कोरिया विरुद्ध विभिन्न नाकाबन्दीहरु लगाउँदै आएको छ।

हालै उत्तर र दक्षिण कोरियाबीचका संबन्धहरुमा सुधार आएता पनि अमेरिकी अधिकारीहरु उत्तर कोरियाको आणविक खतरा कायमै रहेको बताउँछन्। गत वर्ष उत्तर कोरियाले ‌ वाशिङटनसम्मै मार हान्न सक्ने क्षमता भएको ‌भनिएको लामो दूरीको एउटा क्षेप्यास्त्र परीक्षण गरेको थियो। तर कतिपयले त्यो उत्तर कोरियाली प्रचारवाजीकै एउटा अंग हुनसक्ने पनि बताएका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको