kp shama oli's speech on wibody aeroplane

प्रधानमन्त्री ओली विश्वासको मत प्राप्त गर्न असफल

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत माग्ने प्रस्ताव अस्वीकृत भएको छ।

प्रतिनिधि सभामा भएको मतदानमा उनको प्रस्तावको पक्षमा बहुमत नपुगेपछि सो प्रस्ताव अस्वीकृत भएको हो।

मतदान हुँदा प्रस्तावको पक्षमा जम्मा ९३ मत खसेको छ भने विपक्षमा १ सय २४ मत परेको छ।

मतदानमा २ सय ३२ सांसद सहभागी भएका थिए। तीमध्ये १५ जनाले मत दिन्न भन्ने विकल्पमा मतदान गरेका थिए। मतदानमा माधव नेपाल पक्षका एमाले सांसदहरु उपस्थित भएका थिएनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *