युएईद्वारा नेपालसँगको हवाइ उडानमा प्रतिबन्ध

कोरोना संक्रमण बढिरहेको भन्दै यूएईले नेपालसहित दक्षिण एसियाका चार देशबाट हुने हवाई उडानमा प्रतिबन्ध लगाएको छ ।

यो प्रतिबन्ध बुधबार मध्यरातदेखि लागू हुने यूएईको खलिज टाइम्स डटकमले उल्लेख गरेको छ ।

हवाई उडानमा प्रतिबन्ध लागेका देशमा नेपालबाहेक बंगलादेश, श्रीलंका र पाकिस्तान छन् । भारतमाथि यसअघि नै प्रतिबन्ध लागिसकेको छ ।

कार्गो उडानमा भने रोक लगाइएको छैन । यूएईका नागरिक, कूटनीतिक मिसनका अधिकारी, व्यापारी तथा गोल्डेन भिसावाहक भने यी देशबाट त्यहाँ जान सक्नेछन् ।

उनीहरूले उडान हुनुअघि बढीमा २४ घण्टाबीचमा पीसीआर टेस्ट गरी प्राप्त भएको नेगेटिभ रिपोर्ट देखाउनुपर्ने छ । त्यस्ता व्यक्तिले यूएईमा १० दिन क्वारेन्टिनमा बस्नुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *