Logo
16 Nov 2025    १ मंसिर २०८२, आईतवार

ताजा खबर

निर्वाचन आयोगले गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो

मेलम्ची खानेपानी आयोजनाको काममा फेरी सुस्तता

admin

बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग निर्माणको काममा सुस्तता आएको छ । ठेकेदार कम्पनीले निर्माण सामग्रीको अभाव भएको भन्दै काममा ढिलाइ गरेको हो । मेलम्ची खानेपानी विकास समितिका सिनियर इञ्जिनियर एवं सूचना अधिकारी राजेन्द्र पन्तले भने, ‘कुनै दिन कामै नहुने, काम भएको दिनमा पनि छदेखि आठ मिटर मात्र सुरुङ खनिएकाले ढिलाइ भएको हो ।’
आगामी चैतको दोस्रो सातासम्म सुरुङको काम सम्पन्न गरी राजधानीमा खानेपानी लगिने आयोजनाले भन्दै आए पनि ग्यालथुम–सिन्धुखण्डमा २ सय २३ मिटर र ग्यालथुम अडिटको जङ्सनमा ५० मिटरसहित २ सय ७३ मिटर खन्न बाँकी रहेको पन्तले बताए । हेलम्बुको मुहान रहेको अम्बाथानदेखि सुन्दरीजलसम्मको २७ दशमलव ५ किमी सुरुङमध्ये हालसम्म २७ दशमलव २२७ किमि सुरुङ सम्पन्न भइसकेको छ । उक्त खण्डको सबैभन्दा लामो सिन्धु अडिटबाट सुन्दरीजलसम्मको ९ दशमलव ५ किमि सुरुङ गत वर्ष नै सम्पन्न भइसकेको र अम्बाथानदेखि ग्यालथुमखण्डको ७ दशमलव ५ किमि सुरुङ पुस १४ मा सम्पन्न भएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको