Logo
14 Nov 2025    २९ कार्तिक २०८२, शुक्रबार

ताजा खबर

नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो चार दिनदेखि विद्युत आपूर्ति बन्द

भूकम्पमा भागेका कैदीलाई थप सजाय

admin

सिन्धुपाल्चोक जिल्ला अदालतले भूकम्पको समयमा भागेर फरार रहेका ९८ कैदीबन्दीलाई थप कैद सजायको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश दीपक खनालको इजलासले भूकम्पका बेला भागेर अझै सम्पर्कमा नआउने (फरार) कैदीबन्दीलाई भागेर भगाएको कसुरमा डेढी सजाय हुने फैसला सुनाएको हो ।

२०७२ बैशाख १२ को भूकम्पमा जिल्ला कारागारबाट २ सय १६ कैदीबन्दी भागेका थिए ।  भूकम्पका कारण भवन क्षतिग्रस्त बनेको थियो । भूकम्प कम्पनसँगै भवन भत्कन थालेपछि खोजेको बेला सम्पर्कमा आउन भन्दै कारागार प्रशासनले नै उनीहरुलाई छोडेको थियो ।

अदालतको फैसलाअनुसार अदालतबाट ४ बर्ष कैद सजाय पाएका कसुरदारले तीन बर्ष भुक्तान गरी भागेकोमा बाँकी एक बर्ष कैदमा डेढी बढाई अर्थात थप ६ महिना कैद भोग्नुपर्नेछ ।

आजको नागरिक दैनिकमा यो समाचार छापिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको