Logo
22 Jan 2025    ९ माघ २०८१, बुधबार

ताजा खबर

साढे चार अर्ब फिर्ता गरिदिन माग गर्दै महानगरमा सहकारी बचतकर्ताको निवेदन अष्ट्रेलियासँग पराजित हुँदै नेपाल विश्वकपबाट बाहिरियो सुनको भाउ एकै दिन १९ सयले बढ्यो सञ्चारकर्मी तथा गीतकार गीताको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण टर्कीमा भएकाे आगलागीमा मृत्यु हुनेकाे संख्या ७६ पुग्याे संसदको हिउँदे अधिवेशन माघ १८ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

प्रहरी कार्यालय भित्रै नक्कली प्रहरी बनेर ठगी गर्ने पक्राउ

admin

पुलिस रिपोर्ट बनाउन गएका सर्वसाधारसँग ‘म ईन्सपेक्टर हुँ’ भन्दै रिपोर्ट बनाए बापत पैसा असुली कार्यमा संलग्न नक्कली ईन्सपेक्टर पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत महाराजगञ्जको कार्यालय हाताभित्रै यसरी पुलिस रिपोर्टको नाममा इन्सपेक्टरको बर्दी लगाएको आइडी कार्ड समेत देखाएर ठगी गर्ने पुष्प श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरी प्रधान कार्यालयको चालचलन शाखाले वितरण गर्ने पुलिस रिपोर्ट बनाउनका लागि पुष्पले आफु हेडक्वार्टरमै कार्यरत रहेको भन्दै रकम असुल्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

‘काठमाडौं–४ स्थायी घर भएका पुष्प श्रेष्ठ नेपाल प्रहरीको कर्मचारी नभएको खुल्न आएको छ’ महानगरीय प्रहरी वृत महाराजगञ्जका डिएसपी योगेन्द्र सिंह थापाले भने, ‘उनलाई ठगी मुद्धामा म्याद लिएर थप अनुसन्धान गरिरहेका छौँ ।’

यसैबिच, महाराजगञ्ज प्रहरी वृतमा चलिरहेको चोरी मुद्धा मिलाईदिन्छु भन्दै पैसा असुल गर्ने काभ्रेका राजु लामालाई पनि प्रहरीले पक्राउ गरेको छ । चोरी मुद्धामा प्रहरी हिरासतमा रहेका रामकुमार सुनवार समेतलाई छुटाईदिन्छु भनेर ६० हजार रुपैयाँ लिएको खुलेपछी उनलाई नियन्त्रणमा लिईएको डिएसपी थापाले बताए । गत बिहीबार प्रहरी कर्मचारीसँग राम्रो चिनजान छ भन्दै ६० हजार नगद लिएर फरार भएका सुनुवारलाई प्रहरीले महाराजगञ्ज स्थित थकाली भान्सा घरबाट पक्राउ गरेको थियो । बल्खु बस्दै आएका लामा रेष्टुरेण्ट ब्यवसायी समेत हुन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको