Logo
14 Dec 2024    २९ मंसिर २०८१, शनिबार

ताजा खबर

राष्ट्रपति पौडेलद्वारा पाँच देशका राजदूत नियुक्त तेलुगु सुपरस्टार अल्लु अर्जुन पक्राउ काठमाडौंको तापक्रम २.५ डिग्री सेल्सियस, तराईंमा बाक्लो हुस्सु नदी किनारको सीमा कायमसम्बन्धी सर्वोच्चको फैसला तत्काल कार्यान्वयन नगर्न पत्राचार पत्रकार महासङ्घको निर्वाचन आज फरार जीबी राईको राहदानी रोक्का

बुटवलमा बिद्यार्थीले गरे आत्महत्या, बिद्यार्थीहरुद्वारा आन्दोलन, कलेजले यातना दिएको आरोप

admin

बुटवलको अक्सर्फोड कलेजको ब्यवस्थापन संकाय कक्षा १२ मा अध्ययनरत बिद्यार्थी बिक्रम सापकोटाले आत्महत्या गरेका छन् । शुक्रबार दिउँसो आफ्नै घर सालझण्डीमा आत्महत्या गरेका हुन् । शिक्षकले अनावश्यक लान्छना लगाउँदा विक्रमले आत्महत्या गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन् । विद्यालय प्रशासनका अनुसार मृत्यु भएका विक्रम शुक्रबार कलेजमा ढिलो आएका थिए । उनी र अर्का एक विद्यार्थी झण्डै ४० मिनेट ढिलो आएका हुन् ।

विद्यालय प्रशासनले सोधपुछ गरी अभिभावकको जिम्मा लगाएको र विक्रम विहान ११ः४५ बजे स्कुल बसमै घर फर्किएका थिए । तर, दिउँसो घरमै आत्महत्या गरे । परिवारले प्रहरीको रोहवरमा प्रक्रिया पुरा गरी अन्तिम संस्कारसमेत गरेका छन् ।

विद्यार्थीहरुले भने कलेजले पटक पटक यातना दिएका कारण विक्रमले आत्महत्या गरेको बताएका छन् । उनीहरुले संघर्ष समिति नै बनाएर आन्दोलन थालेका छन् । विद्यार्थीहरुका अनुसार शुक्रबार ढिला आएका कारण कलेज प्रशासनले मदिरा सेवन गरेर आएको भन्दै विक्रमका अभिभावकलाई खबर गरेको थियो ।

‘उसले मदिरा खाएकै थिएन, रगत चेक गर्नुस् भन्दा पनि कलेजले बेवास्था गरी घरमा खबर गरिदियो, त्यही टर्चरले उसले आत्महत्या गर्‍यो,’ संघर्ष समितिका संयोजक सरोज खनालले भने, ‘सरहरुले सानोसानो कुरामा टर्चर दिनुहुन्छ ।’

विद्यार्थीहरुले स्थानीय प्रशासनले घटनाको छानबिन गर्न माग गर्दै बुटवल बजारमा प्रर्दशन गरेका छन् भने अक्सफोर्ड कलेजमा प्रहरीले सुरक्षा दिएको छ । कलेज प्रशासनले भने विद्यार्थीहरुको आरोप अस्वीकार गरेको छ । प्राचार्य दिनेश भुसालले मादक सेवन गरेका विद्यार्थीका अभिभावकलाई बोलाएर अभिभावकको जिम्मा लगाएको र विक्रमको परिवारलाई पनि फोनबाट छोरा गलत संगतमा लागेको जानकारी मात्र गराएको बताए । मानसिक तनाव नदिइएको भुसालको दाबी छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको