Logo
28 Nov 2023    १२ मंसिर २०८०, मंगलवार

ताजा खबर

दुर्गा प्रसाईंका स्वकीय सचिव पक्राउ सुनको मूल्य हालसम्मकै उच्च देशभरीका कारागारमा योग शिविर चलाइने काठमाडौं महानगरपालिका को सडक तथा नदी किनारमा आगो बाल्न निषेध इजरायल र हमास बीच युद्धविराम दुई दिन थप, के छुट्लान विपिन जाेशी? लोकसेवा आयोगको सबैभन्दा धेरै परीक्षा दिने सर्लाहीका, नाम निकाल्ने गुल्मीका

२० बर्ष पुराना गाडीहरु चैत्र १ बाट सिज

admin

यातायात व्यवस्था विभागले २० वर्ष नाघेका सार्वजनिक यातायातका साधनलाई चैत १ देखि ‘सिज’ गर्ने जनाएको छ । विभागले फागुन मसान्तपछि सडकमा गुड्ने त्यस्ता सवारी साधनलाई ‘सिज’ गरी लिलाम गर्ने तयारी गरेको समेत जनाएको छ ।

फागुन मसान्तसम्म २० वर्ष पुराना सार्वजनिक सवारीको ‘इन्जिन नम्बर’ र ‘चेसिस नम्बर’ विभागमा बुझाउन सवारीधनीलाई अनुरोध गरिएको महानिर्देशक रूपनारायण भट्टराईले बताए । ‘दुवै नम्बर बुझाउनेले कबाडीमा सवारीका पार्टपुर्जा बेच्न सक्नेछन्,’ उनले भने, ‘चैत १ देखि पुराना सवारी सडकमा गुडे ‘सिज’ गरी सरकारले लिलाम गर्छ ।’ उनका अनुसार फागुनभित्रै पुराना सवारी व्यवस्थापनको सबै काम सक्न व्यवसायीलाई अनुरोध गरिसकिएको छ ।

देशभर गुडिरहेका २० वर्ष पुराना सवारी साधनका कारण वायु प्रदूषण र सवारी दुर्घटनासमेत बढ्न थालेपछि चैतदेखि हटाउने निर्णय गरिएको हो । विभागले सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ संशोधन गरी चैतदेखि देशभरबाट २० वर्ष पुराना सवारी साधन हटाउन लागेको हो ।

विभागले गत वर्ष फागुनदेखि उपत्यकाबाट २० वर्ष पुराना सवारी साधन हटाएको थियो । उपत्यकाबाट २० वर्ष पुराना सवारी साधन हटाउन गरेको निर्णय पूर्णरूपमा कार्यान्वयन नहुँदा प्रदूषण बढेको यातायात क्षेत्रको विकृतिविरुद्ध अभियानमा लागेका रामबहादुर थापाले बताए ।

source: kantipur


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको