Logo
11 Feb 2026    २९ माघ २०८२, बुधबार

ताजा खबर

यस वर्ष रासायनिक मल कम आयात हुने राष्ट्रियसभा बैठक: चलचित्र विधेयक पारित अख्तियार प्रमुखलाई धम्की दिने प्रकाशलाई फिलिपिन्सबाट पक्राउ गरेर ल्याइयो ग्यास अभाव हटाउन टेकुबाट तीन कम्पनीको सिलिण्डर बिक्री सुरु राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष राजीव झा रास्वपा प्रवेश काठमाडौंमा वायु प्रदूषण उच्च, अधिकांश स्थानमा एक्यूआई अस्वस्थ स्तरमा

२० बर्ष पुराना गाडीहरु चैत्र १ बाट सिज

admin

यातायात व्यवस्था विभागले २० वर्ष नाघेका सार्वजनिक यातायातका साधनलाई चैत १ देखि ‘सिज’ गर्ने जनाएको छ । विभागले फागुन मसान्तपछि सडकमा गुड्ने त्यस्ता सवारी साधनलाई ‘सिज’ गरी लिलाम गर्ने तयारी गरेको समेत जनाएको छ ।

फागुन मसान्तसम्म २० वर्ष पुराना सार्वजनिक सवारीको ‘इन्जिन नम्बर’ र ‘चेसिस नम्बर’ विभागमा बुझाउन सवारीधनीलाई अनुरोध गरिएको महानिर्देशक रूपनारायण भट्टराईले बताए । ‘दुवै नम्बर बुझाउनेले कबाडीमा सवारीका पार्टपुर्जा बेच्न सक्नेछन्,’ उनले भने, ‘चैत १ देखि पुराना सवारी सडकमा गुडे ‘सिज’ गरी सरकारले लिलाम गर्छ ।’ उनका अनुसार फागुनभित्रै पुराना सवारी व्यवस्थापनको सबै काम सक्न व्यवसायीलाई अनुरोध गरिसकिएको छ ।

देशभर गुडिरहेका २० वर्ष पुराना सवारी साधनका कारण वायु प्रदूषण र सवारी दुर्घटनासमेत बढ्न थालेपछि चैतदेखि हटाउने निर्णय गरिएको हो । विभागले सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ संशोधन गरी चैतदेखि देशभरबाट २० वर्ष पुराना सवारी साधन हटाउन लागेको हो ।

विभागले गत वर्ष फागुनदेखि उपत्यकाबाट २० वर्ष पुराना सवारी साधन हटाएको थियो । उपत्यकाबाट २० वर्ष पुराना सवारी साधन हटाउन गरेको निर्णय पूर्णरूपमा कार्यान्वयन नहुँदा प्रदूषण बढेको यातायात क्षेत्रको विकृतिविरुद्ध अभियानमा लागेका रामबहादुर थापाले बताए ।

source: kantipur


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको