Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

न्यूजील्याण्डले पाकिस्तानलाई हरायो अनमोल केसी नर्भिक अस्पतालमा भर्ना ५१ देशका आरोहीले लिए अनुमति एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी आजदेखि सोह्र श्राद्ध सुरु प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै

सीरिया सरकारबाट विद्रोहीको प्रभाव क्षेत्रमा हवाई हमला जारी

admin

युद्ध विराम गर्ने सहमतिलाई लत्याउँदै सीरिया सरकारले विद्रोहीको प्रभाव क्षेत्रमा हवाई हमला जारी राखेको छ । ताजा हमलामा क्लोरिन जस्ता रासायनिक हतियारको पनि प्रयोग गरिएको छ । राजधानी नजिकको गुटामा विद्रोही नियन्त्रित क्षेत्रमा सीरियाले बमबारी गर्दा पाँच सय भन्दा बढीको मृत्यु भइसकेको छ । बीबीसीका मध्यपूर्व सम्पादक जेरेमी बोवेनका अनुसार सीरियामा सात वर्षदेखि लडाईं जारी छ र यस क्रममा युद्धविराम शायदै भएको छ ।

आक्रमणमा सीरिया सरकारलाई रुस सरकारले सहयोग गर्दै आएको छ । रुसले भने विद्रोही संगठन जैश अल इस्लामले युद्ध विरामको उल्लंघन गरेको आरोप लगाएको छ । रुसको यस आरोपमा जैश अल इस्लामइस्लामका प्रवक्ताले भनेका छन् जब सीरिया सरकारले नै संयुक्त राष्ट्र संघको प्रस्ताव मानिरहेको छैन भने हामी पनि आफ्ना बच्चाहरुसँग हात बाँधेर बस्न सक्दैनौं ।

सीरियामा पछिल्लो हमला सुरक्षा परिषदमा ३० दिनको संघर्षविरामको प्रस्ताव पारित भएको केही घण्टापछि भएको छ । सीरियामा हवाई र स्थल सैन्य कारवाही जारी छ । गत आइतबार फ्रान्स र जर्मनीले रुसलाई, सीरिया सरकारलाई युद्धविरामको सम्मान गर्न दबाव दिन आग्रह गरेका थिए ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेशले पूर्वी गुटाको हालतलाई ‘पृथ्वीमा नर्क’ जस्तै भएको टिप्पणी गरेका छन् । हवाई र स्थल आक्रमणबाट मृत्यु हुनेहरुको संख्या अधिक छ । आक्रमण भएको क्षेत्रमा लगभग चार लाख व्यक्ति फसेका छन् ।

समाचार एजेन्सी रोयर्टसका अनुसार इरानले युद्ध विरामलाई सम्मान गर्ने छ तर, सीरियाको राजधानी दमास्कस आसपासमा आफ्नो सैन्य कारवाही रोकिने छैन । किनकी उसको भनाइमा यो क्षेत्र युद्ध विरामको दायरामा आउँदैन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको