Logo
16 Dec 2025    १ पुष २०८२, मंगलवार

ताजा खबर

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन

चौरी लिएर आईन गायिका यशोधा खालिङ राई

admin

नेपाली सुगम संगीतमा एक दसकदेखि सक्रिय गायिका यशोधा खालिङ राईको “चौरी” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सञ्जय बरालको शब्दमा हरी लम्सालको संगीत तथा संगीत संयोजनमा तयार भएको गीतमा गायिका यसोधा, सुकराम, अस्मिता र कुसुम गोलेको अभिनय रहेको छ ।

सुकराम गोले कै कोरियोग्राफी तथा निर्देशनमा तयार भएको भिडियोको छायाँकार प्रेमाहाङ राईको रहेको छ । भिडियोमा अमेरिकाको न्यूयोर्कका रमाईला पार्कहरुमा छायांकन गरिएको छ । हिउले भरिएको पार्कहरु चौरी चर्ने नेपालको सुन्दर हीमाली भुभाग जस्ता लाग्दछन ।

यस् अघी नेपाली कलाकारसँग सम्बन्धित संस्था “आर्टिस्ट नेपाल नेटवर्क” मार्फत ‘मेरो मन’ सार्वजनिक गरेकी गायिका यशोधाको यस् भिडियो पनि आर्टिस्ट नेपाल प्रोडक्सन अन्तर्गत पोस्ट प्रोडक्सन भएको हो ।

२००६ मा पबिधान खालिङ राइको संगीतमा आफ्नो पहिलो साँगितिक कोशेली स्वरुप “यसोधा”-१ बजारमा ल्याएकी उनी दोश्रो एल्बम यसोधा २ को अन्तिम तयारीमा पनि जुटेकी छिन् ।

भिडियो हेर्नुहोस्


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको