Logo
27 Mar 2025    १३ चैत्र २०८१, बिहीबार

ताजा खबर

कुबेर तामाङको “मेरो जीवन तिमी”(भिडियो) मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी दुवै सदनको बैठक बस्दै आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ?

चौरी लिएर आईन गायिका यशोधा खालिङ राई

admin

नेपाली सुगम संगीतमा एक दसकदेखि सक्रिय गायिका यशोधा खालिङ राईको “चौरी” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सञ्जय बरालको शब्दमा हरी लम्सालको संगीत तथा संगीत संयोजनमा तयार भएको गीतमा गायिका यसोधा, सुकराम, अस्मिता र कुसुम गोलेको अभिनय रहेको छ ।

सुकराम गोले कै कोरियोग्राफी तथा निर्देशनमा तयार भएको भिडियोको छायाँकार प्रेमाहाङ राईको रहेको छ । भिडियोमा अमेरिकाको न्यूयोर्कका रमाईला पार्कहरुमा छायांकन गरिएको छ । हिउले भरिएको पार्कहरु चौरी चर्ने नेपालको सुन्दर हीमाली भुभाग जस्ता लाग्दछन ।

यस् अघी नेपाली कलाकारसँग सम्बन्धित संस्था “आर्टिस्ट नेपाल नेटवर्क” मार्फत ‘मेरो मन’ सार्वजनिक गरेकी गायिका यशोधाको यस् भिडियो पनि आर्टिस्ट नेपाल प्रोडक्सन अन्तर्गत पोस्ट प्रोडक्सन भएको हो ।

२००६ मा पबिधान खालिङ राइको संगीतमा आफ्नो पहिलो साँगितिक कोशेली स्वरुप “यसोधा”-१ बजारमा ल्याएकी उनी दोश्रो एल्बम यसोधा २ को अन्तिम तयारीमा पनि जुटेकी छिन् ।

भिडियो हेर्नुहोस्


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको