Logo
18 Nov 2025    ३ मंसिर २०८२, मंगलवार

ताजा खबर

एनपीएल : काठमाडौं गोर्खाज ५ विकेटले विजयी निर्वाचन सम्बन्धी अध्यादेश ल्याउँदै छौँ : प्रधानमन्त्री कार्की बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा मृत्युदण्ड सजाय सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सडक डिभिजन कार्यालय काठमाडौंद्धारा वर्षौंदेखि अलपत्र सडकका २५ रुग्ण ठेक्का तोडियो लिटिल आइडलको उपाधि रेबिका र निर्भाणलाई

प्रधानमन्त्री केपी ओलीबाट दोस्रो पटक मन्त्रिमण्डल विस्तार

admin

प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मन्त्रिमण्डल विस्तार गरेका छन् । प्रधानमन्त्री चयन भएका ओलीले ११ दिनपछि सोमबार माओवादीका दुई र एमालेका दुई गरी चार जनालाई समावेश गरेर मन्त्रिपरिषद विस्तार गरेका हुन् । यो सँगै केपी ओली नेतृत्वको मन्त्रिमण्डल सात सदस्यीय भएको छ ।

विस्तारित मन्त्रिपरिषदमा एमालेका ईश्वर पोखरेल र डा.युवराज खतिवडा छन् भने माओवादीबाट रामबहादुर थापा र मात्रिका यादव छन् । थपिएका चारैजनाले सोमबारै राष्ट्रपति कार्यलय शीतलनिवासमा सपथ लिएका छन् ।

सोमबार एमालेबाट थपिएकामध्ये पोखरेलले रक्षा मन्त्रालयको जम्मेवारी पाएका छन् भने अर्थशास्त्री तथा पूर्व गर्भनर डा.युवराज खतिवडा अर्थमन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यस्तै माओवादीबाट सोमबार मन्त्री बनेका माओवादी केन्द्रका बरिष्ठ नेता रामबहादुर थापाले गृहमन्त्रालयको जिम्मेवारी पाएका छन् ।

थापा यसअघि २०६५ सालमा प्रचण्ड सरकारमा रक्षामन्त्री भएका थिए । माओवादीकै मातृका यादव उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रीका रुपमा ओली सरकारमा सामेल भएका छन् । यसअघि एमालेका लालबाबु पण्डित र थममाया थापाले क्रमश स् वाताबरण र महिला मन्त्रालयको जिम्मेवारी पाएका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको