Logo
30 Apr 2025    १७ बैशाख २०८२, बुधबार

ताजा खबर

रेशम चौधरी पक्राउ आज अक्षय तृतीया, सातु र सर्वत दान गरेर मनाइँदै छात्रवृत्ति विवरण पेस गर्न विद्यालयहरूलाई काठमाडौं महानगरको अनुरोध “मिसेस नेपाल अस्ट्रेलिया” हुदै ,आवेदन फारम खुल्ला वैशाख १९ मा राष्ट्रपति पौडेलले संयुक्त सदन बैठकलाई सम्बोधन गर्ने १८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित

रेशम चौधरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

admin

टीकापुर घटनाका मुख्य आरोपी रेशम चौधरीलाई जिल्ला अदालत कैलालीले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । टिकापुर घटना गराएको आरोपमा फरार सूचीमा रहेका चौधरीले जिल्ला अदालतमा सोमबार मात्र आत्मसमर्पण गरेका थिए । जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले आज चौधरीलाई थुनामा राख्ने आदेश दिएको हो ।

कैलालीको टीकापुर घटनालगत्तै फरार रहेका चौधरी सोमबार जिल्ला अदालतमा आफैं उपस्थित भएका थिए । चौधरी प्रतिनिधिसभा सदस्यमा कैलाली क्षेत्र नं १ बाट राष्ट्रिय जनता पार्टीबाट निर्वाचित भएका थिए ।

अभियुक्त चौधरीको पक्षमा अधिवक्ताहरु गंगाराम उपाध्याय, गजेन्द्रबहादुर केसी र मिलनकुमार राईले वहश पैरवी गरेका थिए ।  २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित सात सुरक्षााकर्मी र एक नाबालकको ज्यान गएको थियो । उक्त घटनामा चौधरीलाई दोषी देखाइएको छ ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको