Logo
29 Apr 2025    १६ बैशाख २०८२, मंगलवार

ताजा खबर

१८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित नेपालमा मानवअधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक : एम्नेस्टी इन्टरनेसनल हायर पर्चेज कम्पनीबाट गाडी लिन ४०% डाउनपेमेन्ट अनिवार्य शिवन पोखरेलको निर्देशनमा “झोले” (भिडियो) प्रतिनिधिसभा बैठक बस्दै तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

भक्तपुर अस्पतालको परिसरमै लागुऔषध कारोवार

admin

भक्तपुर अस्पताल परिसरमै लागुऔषध कारोवार हुने गरेको तथ्य बाहिर आएको छ । अस्पतालको चौरमा लागुपदार्थ दुव्र्यसनी र कारोबारीबीच विभिन्न नामका लागुऔषध किनबेच हुँदै गर्दा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर, हेटौँडा उपमहानगरपालिका वडा नं ६ बस्ने ३० वर्षीय आशिष कार्की, सिन्धुपाल्चोक साँगाचोक नगरपालिका वडा नं ९ बस्ने ३० वर्षीय रमेशबहादुर खत्री, सिन्धुपाल्चोककै भोटसिपा– ३ बस्ने ३९ वर्षीय धन भनिने दीपक श्रेष्ठ, खोटाङ फेदी– १ बस्ने २२ वर्षीय दौलत राई, काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका वडा नं ५ बस्ने २४ वर्षीय सुमन तामाङ र भक्तपुर नगरपालिका वडा नं ६ बस्ने २४ वर्षीय विकेश पहरी रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

प्रहरीले उनीहरुका साथबाट फेनरगान २१ थान तथा डाइजेल्याब र नुफिन १९–१९ थान बरामद गरेको छ । भक्तपुर नगरपालिका वडा नं १ दूधपाटीस्थित सिद्धपोखरी, आसपासका क्षेत्र र भक्तपुर अस्पतालको चौरलाई लागुपदार्थ कारोवारीले प्रयोग गर्दै आएको सुराकीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । अभियुक्तलााई आजै लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाएर थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको